यी समस्या भएका ब्यक्तिले भुलेर पनि नखानुस् काउली
अधिकांश नेपालीहरूले अाफ्नाे स्वास्थकाे ख्याल राख्दैनन् । नेपालीकाे बानी भान्सामा सबैभन्दा बढी पाक्ने तरकारी भनेकाे
जे सिजन छ त्यहि मात्र लगातार खाने गर्छन् , किन कि जे सस्ताे छ त्यहि पाक्छ तरकाली धेरैकाे भान्सामा काउली नै बनेको हुन्छ ।
काउली स्वादका लागि मात्र नभएर स्वास्थ्यका लागि पनि फाइदाजनक मानिन्छ । काउलीमा प्रशस्त मात्रामा फाइबर,
भिटामिन, क्याल्सियम, आइरन,म्याग्नेसियम,एन्टिअक्सिडेन्ट, मिलरल्स र पोटासियम जस्ता खनिजहरू पाइन्छ ।
यी खनिज पदार्थहरूका साथै काउलीमा पाइने विभिन्न खाले औषधीय गुणका कारण यसको नियमित सेवनले मानव
स्वास्थ्यका लागि धेरै फाइदा पुग्ने विज्ञहरूले बताउँदै आएका छन् । तर, केही रोग लागेका व्यक्तिहरूले भने काउलीको सेवन गर्नु हुँदैन ।
यसमा गाइट्रोगन नामक तत्त्व पाइन्छ जसले थाइराइड ग्ल्याण्डको काममा बाधा उत्पन्न गराउने हुँदा चिकित्सकरूले
हाइपो थाइराइडबाट पीडित व्यक्तिहरूलाई काउली खान नहुने बताउँछन् ।
थाइराइडका बिमारीले काउलीको सेवन गर्नु हुँदैन । हाइपो थाइराइड तथा हाइपर थाइराइड गरी थाइराइड दुई प्रकारका हुन्छन् ।
हाइपो थाइराइडमा थाइराइड ग्रन्थी एक्टिभ हुन सक्दैन र त्यसले गर्दा शरीरमा हार्मोनको उत्पादनमा कमी आउँछ ।
त्यस्तै, ग्याष्ट्रिकबाट पीडित व्यक्तिहरूले पनि काउलीको सेवन नगर्दा नै ठीक हुन्छ ।काउलीमा पाइने पोषक तत्त्वहरूले
पेटमा ग्यास पैदा गरेर पाचन प्रणालीमा समस्या पैदा गरिदिन सक्छ । त्यस्तै, शिशुलाई दूध खुवाइरहेका आमाहरूले पनि
काउली सेवन गर्नुहुँदैन । यदि सेवन गर्नुभयाे भने यसले ग्याष्ट्रिकको समस्या निम्त्याउन सक्छ ।
यसबाहेक अर्थराइटीसको समस्या भएका व्यक्तिहरूले काउलीको सेवन गर्दा पेटमा अत्यधिक ग्यास बढाउने हुँदा
हड्डीहरूमा पीडा हुन थाल्छ । ब्लड क्लटिङको समस्या भएका व्यक्तिहरूले पनि काउलीको सेवन गर्नु हुँदैन ।
काउलीमा भिटामिन के अत्यधिक मात्रामा पाइन्छ र भिटामिन केले शरीरको ब्लड कटिङमा सहयोग पुयाउँछ ।
त्यसैले रगतलाई गाढा बनाउनेका औषधि सेवन गरिरहेका व्यक्तिहरूले पनि काउलीको सेवन गर्नु हुँदैन ।