लास भनेर महिलालाई बाहिर निकाले तर १२ घण्टा सम्म नदिमा डुवेकी महिला जिउँदै, १० किलोमिटर पर सम्म बगेर आएकी थिइन् महिला

एजेन्सी । शरिर नै जम्ने निकै चिसो पानी छ । माछा मा र्ने हरुले देखे एक महिलाको शव तैरिदै आएको छ । उनीहरुले ति महिलालाई नदिवाट वाहिर निकाले । बाहिर निकालेर उनीहरुले महिलालाई डुंगामा राखे । तर अचम्म ति महिला जिवितै थिइन् । यस्तो विश्वास नै नलाग्ने घटना भारत बिहारको वैशाली जिल्लाको हो।

ती महिला गंगा नदीको बरफ जस्तो चिसो पानीमा १२ घण्टा तैरिएकी थिइन् । लगभग १० किलोमिटर टाढा मृत्युको नजिक पुगेकी यस महिलालाई माछावालाहरूले उद्धार गरे।

महिलाको नाम अनिता देवी हो। राघोपुर दियारा निवासी महिला अबेर साँझ गंगा नदीको पीपा पुल भएर गइरहेकी थिइन। उनी त्यती बेला चक्कर लाग्यो । उनी अटो रिक्सावाट झरेर पीपा पुलमा बसीन् । भइन । त्यती नै बेला उनको खुट्टा चिप्लियो र गंगा नदीमा खसिन् । ती महिला रातभरि गंगामा तैरिरहेकी थिइन् ।

बिहान सबेरै, राघोपुर पीपा पुलबाट १० किलोमिटर टाढा जालहारीहरूको एउटा टोलीले यी महिला अनीता देवीलाई पानी बगिरहेको देखे र नदीबाट बाहिर निकाले । एक माछावालाले यो सबै तस्बिर आफ्नो मोवाइलमा खिचेका थिए ।

रातभरि गंगाको चिसो पानीमा डुवेका कारण महिलाको अवस्था एकदम नाजुक भएको थियो । । महिलालाई तुरुन्तै स्थानीय अस्पतालमा लगियो जहाँ डाक्टरहरूले न्यानो लुगा र हीटरको सहायताले नयाँ जीवन दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *