तपाईको पेटमा स्ट्रेच मार्क छ ? अपनाउनुस् यी ७ तरिका

गर्भधारणको क्रममा शरीरमा विभिन्न प्रकारका परिर्वतनहरु देखिन्छ ।

शरीरमा हुने परिर्वतनहरुमध्ये केहीलाई तपाईंले

महसुस मात्र गर्न सक्नु हुन्छ भने कुनै परिर्वतनलाई बहिरबाट

पनि स्पष्ट रुपमै तपाईंको शरीरमै देख्न सकिन्छ ।

त्यसरी शरीरमा बाहिरबाट स्पष्ट रुपमा देखिने परिर्वतनहरु

मध्ये स्ट्रेच मार्क (तन्किएर हुने दाग) एक हो,

जुन गर्भधारणको समयमा देखिन्छ र त्यसलाई अधिकांश

महिलाहरुले सामान्य रुपमा लिने गरेको पाइन्छ ।

तर बाहिरी मानिसले हेर्दा त्यो नराम्रो देखिन्छ ।

यदि तपाईंले समयमा नै त्यसप्रति ध्यान दिनु भएन भने स्ट्रेच

मार्कसधैं भरीका लागि तपाईंको शरीरमा देखिरहन्छ ।

यदि तपाईं पनि गर्भवती हुनुहुन्छ भने तपाईंले विभिन्न

माध्यमबाट स्ट्रेच मार्क हटाउने जानकारीको बारेमा थाहा पाउनु भएको होला ।

तर एकपटक स्ट्रेच मार्क देखिएपछि त्यसलाई हटाउन विभिन्न

उपाय अपनाउनु भन्दा त्यसलाई आउनै नदिनु राम्रो हुन्छ ।

किन हुन्छ स्ट्रेच मार्क

गर्भधारणको क्रममा वजन बढ्नु, स्तनको आकारमा परिर्वतन

हुनु, गर्भाशय बढ्नु जस्ता विभिन्न कारणले गर्दा १० मध्ये ९ जना गर्भवती महिलाहरुलाई स्ट्रेच मार्क हुन्छ ।

के हो स्ट्रेच मार्क ?

जब तपाईंको छाला छोटो समयमा एकदम धेरै तन्किन्छ र पछि खुम्चिन्छ, त्यहि क्रममा छालामा गुलावी,

रातो अथवा सिल्वर कलरको धर्को अथवा दागहरु देखिन थाल्छ ।

यसलाई नै स्ट्रेच मार्क भनिन्छ । जब छालामा अचानक बढी परिर्वतन हुन्छ,

तब छालामा समावेश कोलाजन र इलास्टिन, जसले

छालालाई टाइट राख्छ, त्यो स्ट्रेच भएर टुक्रन्छ ।

स्ट्रेच मार्कको समस्या खासगरी वंशाणुगत कारणले हुन्छ ।

अर्थात, यदि तपाईंकी आमा अथवा हजुर आमालाई स्ट्रेच

मार्क हुन्थ्यो भने तपाईंको शरीरमा पनि यो देखा पर्न सक्छ ।

त्यसो त स्ट्रेच मार्क गर्भवतीका क्रममा हुने अति नै सामँन्य समस्या हो,

यद्यपि यो गर्भवती नभएका जो कोहि व्यक्तिलाई पनि हुन सक्छ ।

गर्भवतीको प्रारम्भिक दिनदेखि नै मोइश्चराइजिङ क्रिम

तपाईं गर्भवती भएको निश्चित भयो भने तपाईंले स्ट्रेच मार्क

आउने सम्भावित ठाउँहरुमा मोइश्चराइजिङ क्रिम लगाएर बस्नु फाइदाजनक हुनेछ ।

पेट, स्त-न, तिघ्रा तथा हि-प शरीरका त्यस्ता भागहरु हुन्, जहाँ सबैभन्दा बढि बोसो जम्दछ ।

तीनै भागहरुमा गर्भवती अवस्थामा स्ट्रेच मार्क सबैभन्दा बढी आउने गर्दछ ।

त्यसो त तपाईंले भिटामिन ई, कोको बटर तथा शिया बटरले

भरिपूर्ण क्रिमको छनोट गर्नु पर्छ र त्यसलाई नियमित रुपले

दिनभरीमा दुई देखि तीन पटक छालामा लगाइरहनु पर्छ, खासगरी सुत्नुभन्दा अघि ।

त्यसो गर्नाले स्ट्रेच मार्क आउनबाट रोक्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *