जान्नुहोस् ओखर खानुको फाइदाहरू..

ओखर एक पतझड वनस्पति हो। अङ्ग्रेजीमा वालनट वा पर्सियन वालनट भनेर चिनिने ओखर, युरोपको बाल्कन प्रायद्विपदेखि हिमालय पर्वत शृंखला तथा दक्षिणपूर्वी चीनसम्मको भूभागको रैथाने फुल फुल्ने वनस्पति हो ।

दिमागका लागि ओखर राम्रो खाद्यपदार्थ मानिन्छ।‌ यसमा भिटामिन ई प्रशस्त मात्रामा हुन्छ। यसले दिमाग तेज बनाउनका साथै मोटोपन घटाउँछ र शरीरमा स्फूर्ति आउँछ। यसले शरीरलाई स्वस्थ्य राख्न मद्दत गर्छ। नियमित ओखर खाने गरेमा क्यान्सर, मोटोपन, मधुमेहजस्ता रोग लाग्दैनन्।

ओखर सबै उमेरका व्यक्तिका लागि फाइदाजनक मानिन्छ। बढ्दो उमेरका केटाकेटीलाई ओखर खुवाउँदा यसले छिटो मानसिक तथा शारीरिक वृत्तिविकास गर्छ।ओखरमा ‘मेलाटोनिन’ नामक हर्मोन हुन्छ जसले निन्द्रा लगाउने काम गर्छ, जसकारण नियमित ओखरा खाँदा निन्द्रा नलाग्ने समस्याबाट पनि छुटकरा मिल्छ। ओखर खानाले हड्डी बलियो बनाउँछ र छालामा चमक पनि आउँछ।

ओखरमा पाइने ‘ओमेगा ३ प्याट एसिड’ले मस्तिष्क स्वस्थ राख्‍छ। ओखरले एकाग्रकता बढाउनमा ठूलो मद्दत गर्छ।

यसमा प्रशस्त मात्रामा प्रोटिन पाइने भएकाले यो डाइटिङ गर्नेहरुका लागि फाइदाजनक हुन्छ। यसमा प्रशस्त मात्रामा फाइबर पाइन्छ। फाइवरले पाचन प्रणालीलाई सक्रिय बनाउँछ। नियमित सेवन गरेमा यसले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ। साथै यसले कोलेस्ट्रोल कम गर्छ र क्यान्सर, ह्दयघात र अन्य रोग लाग्नबाट बचाउँछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *