एक्कासी घट्यो खाना पकाउने ग्यासको भाउ

लामो समय पछि खाना पकाउने एलपी ग्याँसको मूल्य घटेको छ। नेपाल आयल निगमले मंगलबार राति १२ बजे दखि लागू हुनेगरी प्रति सिलिण्डर २५ रुपैयाँ घटाएको हो। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको निर्देशन अनुसार निगमले ग्यासको मूल्य घटाएको हो।

लामो समय पछि खाना पकाउने एलपी ग्याँसको मूल्य घटेको छ। नेपाल आयल निगमले मंगलबार राति १२ बजे दखि लागू हुनेगरी प्रति सिलिण्डर २५ रुपैयाँ घटाएको हो। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको निर्देशन अनुसार निगमले ग्यासको मूल्य घट ाएको हो । यसअघि खाना पकाउने एलपी ग्यासको मूल्य प्रति सलिण्डर एक हजार ४ सय रुपैयाँ थियो । अब उपभोक्ताले प्रति सिलिण्डर एक हजार ३ सय ७५ रुपैयाँमा खरिद गर्न पाउने छन्।

यो पनि पढ्नुहोस:

बेलायतमा देखिएकाे नयाँ प्रकारकाे कोरोना भाइरसले त्यहाँकाे जनजीवन पुनः अस्तव्यस्त बनाएकाे छ । तीव्र संक्रामक मानिएकाे याे प्रकारकाे भाइरसका कारण त्यहाँ हालसम्मकै धेरै दैनिक संक्रमित र दैनिक मृत्यु संख्या रेकर्ड गरिएकाे छ ।

बुधबार एकै दिन बेलायतमा काेराेना भाइरसका कारण १ हजार ४१ जनाकाे मृत्यु भएकाे वर्ल्डाेमिटर्सले जनाएकाे छ । वर्षको अप्रिलपछिकै सर्वाधिक मृत्यु संख्या हाे । त्यहाँ एकै दिन ६२ हजार ३२२ जना संक्रमित भएका छन् । यससँगै बिहीबार बिहानसम्म बेलायतमा कुल काेराेना संक्रमित २८ लाख ३६ हजार ८०१ पुगेकाे छ भने कुल मृतक संख्या ७७ हजार ३४६ पुगेकाे छ ।

बिबिसीका अनुसार बेलायतमा कोभिड- १९ को ‘न्यू भेरियन्ट’ देखिएपछि ‘मास टेस्टिङ’ सुरु गरिएको थियो । त्यसपछि एकैदिन ६२ हजार ३२२ जनामा संक्रमण पुष्टि भएको थियो । संक्रमण व्यापक बन्दै गएपछि हाल बेलायतमा देशव्यापी लकडाउन लागू गरिएको छ ।

परिवर्तित स्वरूपकाे काेराेनाका कारण गत वर्ष अप्रिल १२ सम्ममा देखिएको संक्रमणको गति भन्दा अहिलेको अवस्था चिन्ताजनक रहेको बताइएको छ । त्यहाँका संक्रामक रोग विशेषज्ञ एन्ड्रिउ हेवार्डले संक्रमणका कारण मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने चेतावनी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *