‘मन्त्रि प्रभु शाहले मेरो घर भत्कायो अब हामीलाई मा’र्छ’न भन्दै श्रीमान श्रीमती रुदै मिडियामा’ (भिडियो हेर्नुस्)

काठमाडौ । झण्डा हल्लाउँदै हिडेका शहरी विकास मन्त्रीले सडकमा एक पैदल यात्रुलाई ठक्कर दिएर भागेपछि भएको विवाद साम्य हुन नपाउँदै फेरी अर्को घटना सार्वजनिक भएको छ ।

एक जोडी हामीलाई प्रभु शाहले ज्यान लिन्छन् बचाउनु भन्दै मिडियामा आएका छन् । प्रभु शाहको अर्को एक अन्याय सार्वजनिक भएको छ । प्रभु शाहले घर बनाउँदा उनका छिमेकी नर बहादुर भण्डारीलाई अन्याय गरेका हुन् । प्रभु शाहका कारण नरवहादुरको घर खण्डहर बनेको छ ।

उनको घर कतिवेला ढल्छ भन्ने अवस्थामा पुगेका छन् । प्रभु शाहले छिमेकमा रहेको घर आफ्नो दाईको हो भनेर भन्ने गरेका छन् तर छिमेकीहरुले त्यो घर प्रभुकै भएको दावी गर्छन । भण्डारीको घरमा छिमेकी बन्न आएका प्रभुले घर बनाउँदा निकै अन्याय गरेको उनको भनाई छ ।

भण्डारीको घर नै भत्किने गरी उनले घर बनाइदिएका छन् । छिमेकीमै निकै ठूलो महल बनाएका प्रभु शाहले आफ्नो घर भत्किदै गएको भनेर गुनासो गर्दा उल्टै उनका समर्थक आएर महिला माथि हा त पा त गरेको बताएका छन् । महिलाले लगाएको तिलहरी पनि खोसिएको थियो । दुख गरेर बनाएको घर आफ्नै आँखा अगाडी खण्डहर जस्तै भएपछि भण्डारी परिवार डिप्रेशनमा गएका छन् ।

उनीहरुले आफुहरुले न्याय माग्दा झन हा त पा त भएको दावी गरेका छन् । प्रभु शाहले दाईको दावी गरेको त्यो घर बनाउँदा स्काभेटर प्रयोग गरेर भण्डारीको घरको जगनै हल्लाइदिएको बताएका छन् । ठूलो स्काभेटर प्रयोग गरेर मेरो जगको पिलर नै हल्लाइदिनुभयो, जति उहाँहरुले भवनमा तला थप्दै जानुभयो मेरो घर भत्किदै गयो उनले गुनासो गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *