कहाँ छिन नायीका मौशमी मल्ल ? बर्षौ पछि यस्ती भएर मिडियामा आइन् (भिडियो हेर्नुस्)

काठमाडौ । कुनै जमानाकी चर्चित नायीका मौशमी मल्ल अहिले फिल्म क्षेत्रवाट वाहिर छन् । उनी चितवनमा स्थायी रुपमा बसोबास गर्दै आएकी छन् । १५ वर्षको उमेर देखि उनी चलचित्र क्षेत्रमा प्रवेश गरेकी थिइन् । तर अहिले भने उनी चलचित्र देखि केही टाढा छन् । तर पनि त्यो फिल्म क्षेत्रलाई भने उनी सम्झिरहन्छिन् ।

उनले आफुले चलचित्रमा काम गर्दा भोगेका अनुभव र समस्याहरुका बारेमा कुराकानी गरेकी छन् । निकै राम्रो अभिनय र नृत्यका लागि मौशमी निकै चर्चित थिइन् । अहिले पनि उनी चलचित्रमा सकृय नै छन् तर पहिलाको जस्तो ब्यस्त भने छैनन् ।

एक वर्षमा एक दुईवटा मात्र काम गरेको बताउने मौशमी आफुलाई धेरै अफर आएपनि गर्न नभ्याएको बताएकी छन् । आमा प्रति मेरो धेरै जिम्मेवारी छ, त्यही भएर फिल्ममा धेरै समय दिन नसकेको हो । आमा अस्वस्थ्य हुनुहुन्छ ।

उनले भाग्यरेखावाट नायीकाको रुपमा डेब्यु गरेकी थिइन् । आफुले त्यो भन्दा पहिला पनि केही सामान्य काम गरेको बताएकी छन् । सानै उमेरमा विवाह गरेकी मौशमी फिल्मको काम गर्दा नै गर्भवती भएको समेत थाहा नपाएर कठिन काम गरेको बताएकी छन् । पोखरामा हुँदा सामान्य बुहारीले जस्तै घरमा दैलो पोतेर फिल्मको काममा गएको स्मरण पनि गरेकी छन् ।

उनले आफु काममा निकै अनुशासित भएका कारण आफुलाई धेरै कामको अफर आउने गरेको पनि बताएकी छन् । आफुले त्यतीबेला नाच्ने काम र फिल्मको कामलाई संगसंगै लिएको गएको बताइन् । उमेरले सानो थिए तर ब्यवहारले परिपक्क भएको थिए । विवाह भएर दुई नानी भइसकेपछि म फिल्ममा लागेकी थिए त्यसैले परिपक्क थिए उनले सम्झना गर्दै भनिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *