धुर्मुस सुन्तली महोत्तरीले निर्माण गरेको एकीकृत

काठमाडौ । हास्य कलाकार धुर्मुस सुन्तलीले महोत्तरी जिल्लाको बर्दिबासमा बनाएको एकीकृत नमूना बस्तीमा चिसोका कारण एकै परिवारका तीन सदस्यको मृ, त्यु भएको छ । बीस दिनका अवधिमा स्थानीयवासी रामरती सदाका घरमा एक बुहारी, एक नाति र एक नवजात नातिनीको मृ- त्यु भएको हो ।

पत्रकारको एक समूह आज मुसहरको एकीकृत बस्तीमा उनीहरुको अवस्थाबारे सोधखोज गर्न जाँदा रामरतिको परिवारमा ठूलो बज्रपात भएको खुलासा भएको हो । ओढ्ने, ओछ्याउने, पर्याप्त न्यानो लुगाफाटा ९सिरक, डसना० तथा तातो खानेकुराका अभावमा यही पुस ९ गते रामरतिकी ३५ वर्षीया गर्भवती बुहारी सितोलाई अत्यधिक चिसो लागेको र अत्यधिक रक्तश्राव भएपछि उनलाई उपचारका लागि बर्दिबास अस्पतालमा लगिएको थियो ।

उनले रक्तश्रावकै बीच छोरी जन्माएकी थिइन् । केहीबेरको अस्पताल बसाइपछि नै उनको मृत्यु भएको थियो । साथै नवजात शिशुको पनि जन्मेको ६ घण्टामै मृ-त्यु भएको थियो ।एकैसाथ बुहारी र नातिनीको मृत्युपछि रामरतिका घरमा शोक छाएको थियो । सामाजिक, धार्मिक परम्परानुसार उनको क्रियाकर्म गर्दै गर्दा गत मङ्गलबार १३ औंँ दिनका पुण्यतिथिमा अचानक उनका अर्का आठ महिने नाति ९हरिनारायण सदाका माहिला छोरा० आठमहिने प्रभासको पनि मृ-त्यु भएको रामरतिले सञ्चारकर्मीलाई जानकारी दिनुभयो ।

गरीबी र विपन्नताका जाँतोमा पुस्तौँपुस्ता पिल्सिँदै आएकी रामरतिको परिवारलाई बन्दाबन्दीले झन् विपन्न बनाएका बेला यसपालिको चिसोले २० दिनकै अन्तरालमा परिवारका तीन सदस्य बितेका हुन् । सो बस्तीमा ३५० परिवार दलित मुसहर रहेकामा हाल १८ सुत्केरी र १० गर्भवती छन् ।

संसारकै सबैभन्दा राम्रो अक्षर लेख्ने नेपाली चेली प्रकृति मल्ल, विश्व चर्चित बनिन्

संसारकै सबैभन्दा राम्रो अक्षर लेख्ने नेपाली चेली प्रकृति मल्ललाई सम्मान स्वरुप एक सेयर गर्न नभुल्नु होला । नौ वर्षमै प्रकृति मल्ल कक्षा ५ मा पढ्थिन्, त्यही कक्षामा छँदा मल्लको हातमा एउटा कापी पर्यो ! आफू पढ्ने विद्यालयकै माथिल्लो कक्षामा पढ्ने दाजु, अभिषेक लोप्चनको । कक्षाका अरु विद्यार्थीको तुलनामा छोरीको पनि हस्तलेखन अब्बल भएकोले बुवा प्रल्हादकुमारले लोप्चनको कापी प्रकृतिलाई देखाउनकै लागि घरमा ल्याएका थिए ।।

‘कापी हातमा पर्ने बित्तिक्कै म त एकछिन केही बोल्नै सकिन ।’ तीन वर्षअघिको त्यो क्षण सम्झँदै १२ वर्षीया मल्लले भनिन्, ‘मैले कापी ओल्टाइपल्टाइ गरेँ, यस्तो अनविलिएवल (अविश्सनीय) अक्षर पनि लेख्न सकिने रहेछ भन्ने लाग्यो ।’ त्यही ‘अनविलियवल’ अक्षर देखेर निक्कै उत्साहित भइन् उनी । ‘त्यही बेलादेखि म पनि ‘अनविलिएवल’ अक्षर लेख्छु भनेर लागेँ’, उनले त्यो बेला मनभित्रैबाट गरेको प्रतिवद्धता फुकाइन् ।।

त्यही प्र´तिवद्धताअनुसार उनले दैनिक अ´भ्यास गरिन् । भक्तपुरको सैनिक स्कुलको कक्षा ८ की छात्राको परिणाम निस्कियो, अक्षर हेरेर सबैबाट प्रतिक्रिया पाए, ‘अनविलिएबल ह्याण्डराइटिङ’ । कुनै टाइपिष्टले टाइप गरेको जस्तो, एकनासे अक्षरका दानाहरु, कुनै केरमेट नगरीएको सफा, हेर्दैमा चित्ताकर्षक, लोभलाग्दो अक्षर ! भ्यालीवाइड इन्टर स्कुल ह्याण्डराइटिङ कण्टेष्टमा उत्कृष्ट भएपछि उनको ह्याण्डराइटिङ सामाजिक सञ्जालमा भाईरल बन्यो ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *