नेपाली चेली र घनाका युवक ‘डेनिस’ को अनौठो मायाप्रेम (भि’डियो सहित)

भनिन्छ; “सुन्दरता संग गतिने प्रेम उमेरले मेटाइदिन्छ अनि धनी संग गरिने प्रेम समयले सकाइदिन्छ । तर मन संग गरिने प्रेम संधैभरी रहिरहन्छ ।” आजभोली एउटा स्त्रीले हेरविचार र भावना बाट प्रेमको महशुस गर्छिन भने एउटा एउटा पुरुषले स्वकृति र स्पर्शबाट प्रेमको महशुस गर्छ र यहि भिन्नतालाई नबुझ्नाले आजभोलिको प्रेम सुरु हुनुभन्दा पहिलेनै सकिन्छ । कतिपय चोखो प्रेममा न’त रुप हेरिन्छ, न त रंग नै हेरिन्छ । तर यो प्रेममा मन त अवस्य नै हेरिन्छ । हो यस्तै मन संग मन मिलेको जोडी सामाजिक संजालमा थुप्रै देख्न सकिन्छ ।

तीनै मध्यका एक जोडी हुन नेपाली चेली एलिशा कुँवर र अफ्रिकी देश घानाका युवक याओ डेनिस ।केही समय अघि यो जोडी सामाजिक संजाल विशेषगरि टिकटमा निकै नै रुचाइको जोडी थियो र अहिले पनि छ । विशेष गरि २०७७ सालको दशैको समयमा उनीहरू टिकटकमा निकै नै भाइरल हुन पुगे । हाम्रो पहिलो दशै भनेर एलिशाले उक्त भिडियो अप्लोड गरेकी थिइन ।उनीहरूको भिडियो लाखौंले हेरे त्यस्तै सेयर पनि हजारौंले गरे । अहिलेसम्मको तथ्यांक हेर्ने हो भने उनले अप्लोड गरेको दुई ओटा भिडियोमध्ये एउटाम २९ लाख र अर्कोमा २७ लाख भ्युज कमाइसकेको छ । त्यस्तै यी दुई भिडियोमा लगभग २/२ त लाइक मात्र रहेको छ ।

विशेष गरि श्रीमान याओ डेनिसले श्रीमती एलिशालाई दशैमा टीका लगाइदिरहेको भिडियो एकाएक भाइरल हुन पुगेको थियो । त्यस्तै उनको यस भिडियोलाई हेरेर हजारौंले एकदमै राम्रा राम्रा प्रतिक्रिया पनि दिएका थिए । उनको भिडियोमा गरेका प्रतिक्रियाहरु यस्ता थिए १.कालो रुप सवैले देखे तर उसको सफा मन कसैले देखेना नेपाली संस्कार लाई मनले मानेको देखेन ।२.जुनै देशको नागरिकसँग बिहे गरेपनि आफ्नो धर्म संस्कृति बचाउनु र सिकाउनु नै तपाईंको ठूलो महानता हो । ३. खुसि रहनु बैनी,अरु ले जे भनुन आफ्नो जीवन हो आफुले बाच्ने हो,हजुर् खुसी रहे हामी सारा नेपाली खुसी छौ आशीर्वाद छ।अब प्रस्तुत छ भिडियो सामाग्री

Leave a Reply

Your email address will not be published. Required fields are marked *