प्रेम विवाह गरेर घर लगेका कञ्चनपुरका सुमनले श्रीमतीसंग यौन सम्बन्ध नै राखेनन्, जब खुल्यो यस्तो रहस्य श्रीमतीको उड्यो होस्

काठमाडौ । फेसवुकमा कुराकानी पछि प्रेम विवाह गरेर जब श्रीमानले आफ्नो डेरामा लगे त्यसपछि ब्यवहार पुरै परिवर्तन भयो । एउटै वेडमा रात विताउँदा पनि उनले श्रीमतीलाई छोएनन् । धेरै रात यसरी नै बित्यो ।

तर श्रीमान श्रीमतीबीच हुने सम्बन्ध नै भएन । त्यसपछि श्रीमतीलाई शंका लाग्न थाल्यो । श्रीमानलाई प्रश्न गर्दा भने, म सबैकुरा तिमीलाई दिन सक्छु तर सुखभोग दिन सक्दिन ।

विवाह गरेपछि श्रीमानको वास्तविकता खुलेपछि १८ वर्षकी पुनीता (नाम परिवर्तन) को होस् उड्यो । कञ्चनपुर बेलौरी नगरपालिका ७ का २५ वर्षीय सुमन र बेलडाँडी गाउँपालिकाका कि १८ वर्षिया युवतीबीच फेसवुकमा भएको चिनजान प्रेममा परिणत भएको थियो । परिवारका सदस्यले आर्थिक अवस्थाका कारण धुमधाम विवाह गरिदिन सक्दैनौं भनेपछि टिकाटालो गरेर पठाइदिएका थिए ।

युवती र उनका परिवारलाई सुमनले आफू गैरसरकारी संस्थामा जागिरे रहेको बताएका थिए । विवाह पछि उनले युवतीलाई शुक्लाफाँटा नगरपालिका वडा नं ४ स्थित असैनामा डेरा गरेर बस्दै आएको घरमा ल्याएर राखे। सँगै सु त्दा समेत श्रीमती प्रति कुनै आकर्षण नदेखाउने र टाढिन थालेपछि उनले शंका गरिछिन्। त्यसपछि मात्रै उनले थाहा पाइन् सुमन केटा नभएर केटी नै रहेछिन्।

यो घटना प्रहरीकहाँ पुग्यो । ईलाका प्रहरी कार्यालय झलारीमा दुवै पक्षलाई राखेर कुराकानी गराइयो । अनि युवतीलाई परिवारको जिम्मा लगाएर पठाइयो । सुमनकी आमा राम दुलारी रानाले उनी छोरी नै भएको पुष्टि गरिन् । सुमनले धर्म परिवर्तन गरेपछि आफ्नो नाम पनि परिवर्तन गरेका रहेछन् ।

तर उनको बोली चाली, लवाई र ब्यवहार सबै केटाकै जस्तो देखिन्थ्यो । यसरी आफ्नौ परिचय लुकाएर विवाह गर्नेलाई कारवाही गर्ने कुनै कानुन नभएकाले प्रहरी पनि के कारवाही गर्ने भन्ने कुरामा अन्यौलमा परेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *