राम्ररी समात्न नसक्ने छोरीलाई मोटरसाइकलको पछाडी राखेर यि बाबुले पार गरे असंवेदनशीलताको हद

काडमाडौं, पुस २३ । यो तस्वीर देख्दा तपाईंलाई कस्तो लाग्यो रु बालबालिकाप्रति अभिभावकहरु कतिसम्म लापरवाह हुन्छन् भन्ने एउटा उदाहरण हो यो ।

तस्वीर काठमाडौं बल्खु चोकको हो । जहाँ एक जना बाबुले मोटरसाइकलमा आफ्नो पिठ्यूमा यी कलिली बालिकालाई यसरी राखेर कतै लैजाँदै छन् ।

बालिका यति सानी छिन् कि उनले आफ्नो बाबुलाई समात्नै पनि सक्दिनन् । तर बाबुलाई कतै जान हतार छ र उनले यस्तो जोखिमका साथ आफ्नो बच्चालाई बिना कुनै सुरक्षा उपाय पिठ्यूमा राखेर मोटरसाइकलमा लैजादै छन् ।

यसै पनि काठमाडौंको सडक सुरक्षाका दृष्टिले सुरक्षित र भरपर्दो छैन, त्यसमाथि साना साना बालबालिकालाई यसरी लैजानु आफैमा जोखिम हो । अर्कातिर हिजोआज कोरोना भाइरसको अर्को जोखिम छ, नानीको मुखमा मास्क पनि देखिँदैन ।

एक त जाडोको समय छ, बालबालिकालाई मोटरसाइकलमा लिएर हिड्नु स्वास्थ्यका दृष्टिले चुनौतिपूर्ण हो । त्यसमा पनि यस्तो जोखिमपूर्ण यात्रा ट्राफिक नियमले पनि उचित पक्कै होइन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *