यस्ता छन् मुला खानुका फाइदाहरू

काठमाडौं । यतिबेला जाडो मौसम चलिरहेको छ । यो मौसममा धेरै स्वास्थ्य समस्या देखिने गर्छ । त्यसैले यो मौसममा चिसोबाट बच्दै शरीरलाई स्वास्थ राख्न खानेकुरामा विशेष ध्यान दिनुपर्ने हुन्छ । रोग प्रतिरोधात्मक क्षमतालाई बलियो बनाउन फलफूल तथा खानेकुरामा ध्यान दिनुपर्छ । यस्ता विभिन्न तरकारी तथा फलफूलमध्ये मुला पनि रोग प्रतिरोधात्मक क्षमता मजबुत बनाउनमा महत्वपूर्ण मानिन्छ ।

मुलाले हाम्रो रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउनुका साथै रक्त चाप नियन्त्रण गर्ने, पाचन प्रणालीलाई सन्तुलित राख्ने जस्ता महत्वपूर्ण काम गर्छ ।मुलालाई तरकारी, अचार, सलाद लगायत विभिन्न तरिकाबाट खान सकिन्छ ।

मुलामा फाइबरको मात्रा प्रसस्त पाइन्छ । यसले हाम्रो पाचन अंगलाई स्वस्थ राख्ने, पेट सम्बन्धी रोग निको बनाउने काम गर्छ । मुलालाई नियमित सलादको रुपमा प्रयोग गर्ने हो भने पेट सफा रहन्छ र पेट सम्बन्धी रोगबाट ग्रसित हुनबाट बचिन्छ । यसले कब्जियतको समस्या छ भने पनि समाधान गर्न मद्दत गर्छ ।

मुला सेवनका फाइदा निम्नानुसार छन् :

–रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउँछ

मुलामा भिटामिन ए, सी, ई, बी, पोटासियम पाइन्छ । त्यसैले मुलाले हाम्रो रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउन मद्दत गर्छ ।

–मुटुको लागि फाइदा

मुलामा एंटीअक्सिडेट र एंथोसायनिक प्रसस्त मात्रामा पाइन्छ जुन मुटुको लागि फाइदाजनक हुन्छ ।

–चिसोमा घाँटी र स्वासनली सफा राख्न

मुलामा एंटी–कजेस्टिव गुण हुन्छ । यो चिसो मौसममा स्वास्थ्यका लागि निकै लाभदायी मानिन्छ । यसले घाँटी र स्वासनली सफा राख्न समेत मद्दत गर्छ ।

–छाला सम्बन्धी रोगबाट बच्न

मुलामा फस्फोरस र जिंक प्रसस्त मात्रामा पाइन्छ, जसले जाडो मौसममा हुने सुख्खा छालालाई नरम बनाउन मद्दत गर्छ । चिसो मौसममा अनुहारको छाला सुख्खा हुने, फुट्ने, फुर्सो हुने र रातो देखिने समस्याबाट बच्न समेत मुला सेवन गर्न सकिन्छ ।

–शरीरमा पानीको कमी हुन नदिने

जाडो मौसममा प्राय: मानिसले पानी कम पिउने गर्छन् । पानी कम पिउँदा शरीरमा विभिन्न प्रकारका समस्या देखिन सक्छ । मुलाको सेवनले पानी कम हुँदा शरीरमा देखिने समस्याबाट बचाउँछ । मुलामा पानीको मात्रा प्रसस्त हुनेहुँदा यसको सेवनले शरीरमा हुने पानीको कमी हुन दिँदैन ।

–उच्च रक्तचाप नियन्त्रणका लागि

मुलामा पोटासियमको मात्रा प्रसस्त मात्रामा पाइन्छ । सोडियको मात्रा शरीरमा बढ्नाले उच्च रक्तचाप हुन सक्छ । मुलामा पोटासियम हुने हुँदा यसले शरीरमा सोडियमको मात्रालाई सन्तुलन बनाउन मद्दत गर्छ । जसले रक्त चाप पनि नियन्त्रणमा आउँछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *