अनुहारमा डन्डीफोर आएर हैरान हुनुहुन्छ ? यसरी जोगिनुहोस्

मानव शरीरको विकाससँगै युवावस्थामा अनुहारमा देखिने डन्डीफोरले धेरैलाई हैरान पारेको हुन्छ ।

कहिलेकाहीँ निद्रा नपुगेर पनि डन्डीफोर देखिने गर्छ ।

कसैलाई भने जति सुते पनि डन्डीफोर देखिन्छ ।

केही सजिलो उपायले नै अनुहारमा आउने डन्डीफोरबाट भने बच्न सकिन्छ ।

जान्नुहोस्‌ डन्डीफोरबाट कसरी जोगिने ?

– बिहान, दिउँसो र वेलुकीको समयमा मनतातो पानीले राम्रोसँग मुखु हनु राम्रो हुन्छ ।

मुख धाएपछि सवा टावेलले पुछ्नुहोस र अनुहार सुख्खा राख्नुहोस् ।

– हप्ताको एक पटक डाक्टरको सल्लाह अनसार विभिन्न वस्तुले अनुहार लेपन गर्नुहोस् ।

तर, कुनै लेपनले भने तपाईंलाई एलर्जी बनाउन सक्छ ।

– प्रशस्त पानी पिउनुहोस । यसले डन्डीफोर आउनबाट रोक्छ

– मुखमा आउने डण्डीफोरलाई छुने वा निचोर्ने काम नगर्नुहोस्

– चिल्लो खानेकुराहरू कम खानुहोस् ।

चकलेट र अन्य प्याकिङ गरिएको खानेकुराले पनि डण्डीफोर बढाउँछ ।

– अनुहारमा अनावश्य क्रिमहरू नलगाउनुहोस् ।

– अनुहारमा घाम पर्न नदिनुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *