संसारकै अनौठो मन्दिर, जहाँ पुरुषले महिलाको भेषमा पूजा गर्छन्, मेलामा झै लाग्छ महिलाको भेषमा भएका पुरुषको घुँइचो

काठमाडौं । महिलाको भेषमा पुरुषलाई कहिल्यै देख्नुभएको छ ? हाम्रै छिमेकी देश भारतको केरलस्थित कोल्लम शहरमा रहेको कोटंकुलंगारा श्री देवी मन्दिरमा अनौठो मन्दिरमा हरेक वर्ष चाम्याविलक्कू उत्सव मनाउँदै पुरुषहरु नै महिलाको भेषमा उत्रेर धुमधामले पूजा अर्चना गर्ने परम्परा रहेको छ ।

यो मन्दिरमा मानिसहरुले पिडाबाट मुक्ति पाउन, सुख, शान्ती र समृद्धि पाउन पूजा गर्ने गर्दछन् । मन्दिरमा भगवानसँग आर्शिवाद लिन भक्तजनहरुको भीड लाग्ने गर्छ । विश्वमा रहेका धेरै मन्दिरहरुमा ठाउँ अनुसार फरक नियम पनि हुन्छ ।

सनातन धर्ममा कुनै पनि धार्मिक कार्य गर्दा पुरुषहरुले धोती धारण गर्छन् भने महिलाहरुले सारी धारण गर्ने गर्छन् । यस मन्दिरमा हरेक वर्ष चाम्याविलक्कू उत्सवमा करिब ५ हजार पुरुषहरु महिलाको भेषमा मन्दिरमा देखिन्छन् ।

यो पनि पढ्नुहोस्

वायु प्रदूषण नियन्त्रणमा जोड
कोरोना भाइरसको महामारीभन्दा वायु प्रदूषण काठमाडौँ उपत्यकाका लागि खतरनाक रहेको छ । गणेशमानसिंह अध्ययन प्रतिष्ठानले आज यहाँ आयोजना गरेको छलफलमा सहभागी विज्ञले समयमै सरकारले वायु प्रदूषण कम गर्न स्पष्ट नीति र योजना नल्याए काठमाडौँ उपत्यकाको स्थिति भयावह हुने बताए ।

कार्यक्रममा सहभागी श्वासप्रश्वास्सम्बन्धी रोगका विज्ञ डा अषेश ढुङ्गानाले उपत्यकामा बर्सेनी वायु प्रदूषण बढ्दै गएको बताउनभयो । वायु प्रदूषणका कारण मधुमेह, उच्च रक्तचाप, क्यान्सर, मुटुका रोगीको सङ्ख्या बढ्दै गएको उहाँले उल्लेख गर्नुभयो ।

काठमाडौँमा दिनहुँ सवारीसाधन थपिँदै गएका, कलकारखाना सञ्चालन हुनेक्रम बढ्दै गएको, विकास निर्माणले गति लिँदा वायु प्रदूषण बढ्दै गएको छ । समयमै वायु प्रदूषण कम गर्न सरकारले कदम चाल्नुपर्नेमा डा ढुङ्गानाले जोड दिनुभयो । वायु प्रदूषण कम गर्न तथा हुन नदिन नेपालले समयसमयमा विभिन्न सन्धि सम्झौतामा हस्ताक्षर गर्दै आएको स्मरण गर्दै उहाँले कार्यान्वयनको पाटो निकै कमजोर रहेको उल्लेख गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *