बुवाले विवाह गरेर ल्याएको सौतेनी आमालाई छोराले लिएर हिँडे, घरमा सुत्केरी श्रीमतीको बिचल्ली (भिडियो हेर्नुस्)

काठमाडौ । ओखलढुंगा जिल्लाको तिसंखुगडी गाउँपालिकामा कल्पना पनि गर्न नसकिने घटना भएको छ । एक जना पुरुषले आफ्नो श्रीमतीको निधन भएपछि छोराछोरी हुर्काउन दोस्रो विवाह गर्छन । ति पुरुष केही समय अघि ति बुवाको पनि निधन हुन्छ ।

तर बुवाले आफुहरुको स्याहार गर्न र हुर्काउन भन्दै विवाह गरेका महिला (आमा) लाई नै लिएर छोरा हिँडेका छन् । सौतेनी आमालाई लिएर श्रीमान् हिँडेपछि अहिले सुत्केरी अवस्थामा रहेकी श्रीमतीको बिचल्ली भएको छ ।

श्रीमान् ले आफ्नै सौतेनी आमा लिएर हिँडेपनि अहिले सुत्केरी श्रीमती बरबरी आँसु झार्दै बसेकी छन् । सुत्केरी श्रीमतीलाई खान दिने कोही छैनन् । कुलबहादुर राईले आफ्नै सौतेनी आमा लिएर हिँडेका हुन् ।

श्रीमतीले आफ्नो सौतेनी आमासंग नराम्रो सम्बन्ध रहेको थाहा पाएपछि श्रीमान्लाई सम्झाएकी थिइन् । उनीहरुको शंकास्पद ब्यवहार देखेर श्रीमतीले सम्झाउँदा श्रीमती माथि नै जाइलागेका थिए ।

जहाँ जाँदा पनि सौतेनी आमालाई लिएर हिड्ने गरेका थिए । आमाजस्तो मान्छेलाई नराम्रो सोच्ने तँलाई पाप लाग्छ भन्दै छोराले भन्ने गरेका थिए ।

आफुलाई सासुले दुई वर्ष देखि तेरो श्रीमान्संग सम्बन्धमा छु भनेर आफुलाई भनेको उनले बताएकी छन् । समाजमा त्यसवारे बताउँदा म संग प्रमाण मागे, उनले भने सौतेनी सासुको आफ्नै छोराले उनीहरुलाई रंगेहात फेला पारेपछि घटना सार्वजनिक भएको बुहारीले बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *