कोरोनाको कारण आमाको मृ’त्यु पछि यि अपाङ्ग छोराले आमाको अन्तिम पटक अनुहार समेत हेर्न नपाउँदा… मुटु छिया-छिया बनाउने (भिडियो हेर्नुस्)

काठमाडौं । कोरोनाका कारण निधन भएका ब्यक्तिलाई अन्तिम संस्कारका समयमा पनि परिवारका सदस्यले भेट्न पाइदैन । नेपालमा कोरोनाका कारण निधन भएकाको शव ब्यवस्थापन नेपाली सेनाको टोलीले गर्छ । परिवार सदस्यले टाढावाट अन्तिम संस्कार हुँदै गरेको दृष्य हेर्छन ।

यो निकै हृदयविदारक घटना हो । मानिसले आफ्नो जिवनको अन्तिम अवस्थामा आफन्तको साथ चाहन्छ । निधन भएपछि गर्ने धर्म अनुसारको संस्कार हुन्छ । तर कोरोनाका कारण सबै धर्म र सम्प्रदायका मुल्य मान्यता विथोलिएका छन् ।

विश्व स्वास्थ्य संगठनले बनाएको नियम अनुसार कोरोनाका कारण निधन भएको ब्यक्तिको अन्तिम सस्कार गर्नुपर्ने हुन्छ । यस्तो अवस्थामा एकातिर आफन्त गुमाएको पीडा छ भने अर्को तर्फ अन्तिम संस्कार समेत गर्न नपाउँदाका त्यो भन्दा पनि ठूलो पीडा छ । अहिले एउटा भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । यो भिडियो भारतको हो ।

जहाँ एक अपागं युवक आफ्नी आमाको अन्तिम पटक मुख समेत देख्न नपाएर निकै पीडामा छन् । उनको आमाको कोरोनाको कारण निधन हुन्छ । आमाको शवलाई सुरक्षाकर्मीले ब्यवस्थापनको लागि लैजान लाग्दा वैशाखीको सहारामा रहेका उनका छोरा आमालाई अन्तिम पटक हेर्न निकै लालयित हुन्छन् । उनी रुन्छन् छटपटाउँछन् । सुरक्षाकर्मीलाई अनुनय विनय गर्छन तर उनको केही लाग्दैन ।

उनको यस्तो अवस्था निकै पीडादायी देखिन्छ । आमाको शवलाई सुरक्षाकर्मीले एम्बुलेन्समा चढाएर लैजाँदा सम्म पनि उनी रोइरहेको देखिन्छन् । अहिले कोरोनाका कारण निधन भएका परिवारका सबै सदस्यले यस्तै पीडा भोगेका छन् । यो एउटा प्रतिनिधि घटना मात्र हो । चीनवाट सुरु भएको कोरोना अहिले विश्वव्यापी फैलिएको छ । भारत एशियामै सबैभन्दा बढी कोरोना संक्रमित हुने मुलुक बनेको छ । भारतमा कोरोना संक्रमितको संख्या ५ लाख नाघेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *