सुत्नुअघि गणेश भगवानको दर्शन गर्दै तपाईले जान्नै पर्ने कुरा,व्रत सकिएपछि के खाने, के नखाने ?

सातामा कम्तीमा एक दिन व्रत बस्नु स्वास्थ्यका लागि पनि राम्रो मानिन्छ ।तर, व्रत सकिएपछि मानिसहरु खान नहुने कुराहरु बढी खाएर पनि बिरामी पर्ने गरेका छन् ।दिनभरको व्रत सकिएपछि व्रतको दिन बेलुका अन्न खान नहुने भनिन्छ । तर, फलफूल र झोलयुक्त पदार्थ भने खान धार्मिक छुट छ ।

व्रतको दिनमा प्रशस्त पानी, फलफूल र फलफुलको जुस खान सकिन्छ । व्रत बस्दा निराहार बस्दा राम्रो भएपनि स्वास्थ्यमा समस्या हुनेले यी झोलिलो कुरा खान चिकित्सकहरूले सुझाएका छन् ।दिनभरको भोको पेटले तत्काल कडा खाना पचाउन नसक्ने भएकाले हल्का खाने कुरा खान सुझाइएको छ ।

लामो व्रतपछि एकैपटक धेरै खानेकुरा खाँदा शारीरिक प्रतिक्रिया उत्पन्न भएर मानिस बेहोस हुन सक्छ ।ठोस खाना मात्रै होइन, पानी पनि एक्कासी धेरै पिउनुहुँदैन । पहिले थोरै खाएर केही बेर आराम लिएपछि फेरि खानु उपयुक्त मानिन्छ ।व्रत सकिएपछि आँटाको रोटि बनाई आलूसँग खान सकिन्छ । व्रतमा साबदाना शुद्ध दुध मिलाएर शुद्ध परिकार बनाएर खाँदा पनि आडिलो हुने बताइन्छ ।

व्रतमा बदाम भिजाएर दुधमा लगाएर पनि खान सकिन्छ ।व्रत सकिएपछि केहि छिन रिलिफ भन्दै कोल्ड डिंक लिने बानी छ भने त्यसले मुटुमा गम्भीर खतरा पैदा गर्छ । खाली पेटमा तत्काल चिया पिउनु पनि ठीक नहुने चिकित्सकहरू बताउँछन् ।यसअतिरिक्त मसलेदार खाना पनि खानु राम्रो नहुँने बताइएको छ ।यो बेला रोटी, दाल, भात र तरकारी नै उत्तम हुन्छ ।

यो पनि -यस्तो हुन्छ सपनामा मन्दिर गएको देख्नुको खास अर्थ !
मन्दिर गएको सपना देख्नुभयो ? यस्तो हुन्छ सपनामा मन्दिर गएको दे । सपना भनेको अवचेतन मनमा भएको कुरालाई हाम्रो अगाडी ल्याएर देखाउने माध्यम हो भनेर सपनाको वास्तविक अर्थ बुझ्न सकिन्छ । संस्कृतले सपनालाई आ आफ्नै तरिकाले व्याख्या गरेको छ । सपनालाई हेर्ने दृष्टिकोण पनि फरक रहेको हुन्छ ।

सपनालाई मानिसको मनोविज्ञान बुझ्ने माध्यमको रुपमा पनि लिएका हुन्छन् । कसैले सपनलाई अलौकिक शक्तिको रुपमा लिएका हुन्छन् । त्यस्तै कहिले काहि सपनामा मन्दिर गएको पनि देखिन्छ । मन्दिर गएको सपनालाई अलग अलग तरिकाले बयान गरिएको छ । सपनामा मन्दिरलाई कसरी प्रस्तुत गरिएको छ भन्ने कुरालाई लिएर पनि के भन्न खोजिएको हो भन्ने कुरा बुझ्न सकिन्छ ।

मन्दिर भनेको मनमा रहेको अनेकौँ पिडा बिसाउने चौतारी जस्तै हो । मन्दिरमा गएर आफ्नो मनको पिर व्यथा सुनाउँदा भगवानले त्यसलाई समाधान गर्ने उपाय दिन्छन् भन्ने विश्वास रहेको छ । सपनामा मन्दिर गएको देख्नु भनेको तपाईको मनले शान्त र पवित्र ठाउँ खोजिरहेको छ भन्ने बुझ्न जरुरी छ । कहिले काँही सपनामा मन्दिर गएको देख्नुुलाई भगवानले मानिससँग भएको अलौकिक शक्ति बुझ्न र अन्तरमनको कुरालाई लिएर अन्तरवार्ता गर्न खोजिएको हो की भन्ने पनि बुझ्न सकिन्छ ।

सपनामा मन्दिर गएको देख्नु भगवानले आर्शिवाद दिएको आफुले धन्यावाद दिन बाँकी रहेको छ भन्ने बुझ्न सकिन्छ । यदि तपाईले कुनै दिन भगवानलाई आश्वासन दिएर भाकल गर्नु भएको छ भने पनि सपनामा आशा लिएर आएको हुनसक्छन् त्यकासण यस्तो सपना देखेमा आफुले भाकल गरेको कुरा भगवानलाई दिएर ऋण चुक्ता गरिहाल्नहोस् । यदि तपाई कुनै समस्यामा भएको बेला कसैको साहारा खेजीरहनुभएको छ भने त्यो बेलामा सपनामा भगवान देख्नु स्वभाविक हो । यसबाट तपाईले आफुलाई कसैले सुरक्षा दिइरहेको छ भन्ने बुझ्न जरुरी हुन्छ ।

मनोवैज्ञानिक ढंगबाट हेर्नुभन्दा सुरक्षित छु भन्ने सोचेर काम गर्न थाल्नुभए राम्रो हुन्छ । यदि तपाई धार्मिक विश्वास गर्नुहुन्छ भने नजिकै रहेको मन्दिरमा गएर पुजा आरधना गर्दा अझ धेरै विश्वास बढ्न सक्छ । सपनामा देखेका कुरालाई व्याख्या विश्लेषण गर्नु खासै महत्वपूर्ण त हुँदैनु तर व्यक्तिगत विषयलाई लिएर धार्मिक विश्वास गर्नु उचित हुन्छ । यस्ता कुराको खोजीले कहिलेकाही लामो समयदेखि अल्झिएर रहेको प्रश्नको उत्तर भेटिन सक्ने भएकाले धार्मिक विश्वास गर्नु राम्रो हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *