जब यस्तो रुप बनाएर शिक्षिका कक्षा कोठामा आइन्, विश्वले गर्दैछ उनको तारिफ

एजेन्सी । एक शिक्षक यस्तो रुप गरेर कक्षा कोठामा पढाउन आएपछि अहिले यो तस्बिर सामाजिक सञ्जालमा निकै भाइरल भएको छ । स्पेनको एक विद्यालयकी शिक्षिकाले मानव शरीरको संरचना पढाउन आफ्नो यस्तो रुप बनाएकी हुन् ।

विद्यार्थीहरुलाई जानकारी दिन अपनाएको यस्तो अनौठो उपायको सर्वत्र चर्चा भएको छ । उनले गरेको अनौठो क्रियाकलापको सामाजिक सञ्जालमा खुलेर प्रसंशा भइरहेको छ ।

स्पेनको वेलेडोलिडको एएटा विद्यालयकी शिक्षिका वेरोनिका ड्र्युकले जीव विज्ञानको कक्षामा मानव शरीरको आन्तरिक अंगहरु भएको कपडा लगाएर कक्षा कोठामा पुगे पछि सुरुमा त विद्यार्थीहरु पनि चकित् परे । तर उनको अध्ययन गराउने नयाँ शैली पछि विद्यार्थीलाई पनि रमाइलो लागेको थियो ।

उनले आफ्ना विद्यार्थीहरुलाई मानव शरीरका एकएक अंगहरुबारे सम्झाईन्। विद्यार्थीहरुले पनि यसलाई निकै चाखपूर्वक हेरे।

४३ वर्षीया वेरोनिक विगत १५ वर्षदेखि विज्ञान, अंग्रेजी, कला, इतिहास र स्पेनिशलगायतका विभिन्न विषय पढाउँदै आएकी छन्। उनले यस्ता नयाँ शैली अपनाउने गरेकी छन् ।

यो समयावधिमा उनले विद्यार्थीहरुलाई सिधै भनिदिएर वा ब्ल्याक बोर्डमा चित्र बनाएर बुझाउन गाह्रो भएको ठहर गरिन्। यसरी पढाउँदा केही बालबालिकाले बुझ्ने र केहीले नबुझ्ने गरेको उनले पाइन्।

यसैका लागि आफूले त्यस्तो कपडामा कक्षा कोठामा गएको स्पष्ट पारेको उनले बताएकी छन्। वेरोनिकाको यस्तो आईडिया सुनेर छक्क परेका पतिले कक्षा कोठामै गएर शिक्षिका श्रीमतीको तस्बिर खिचे र सामाजिक सञ्जालमा शेयर गरे। पतिले ट्वीटरमा राखेको शिक्षिकाको तस्बिर साढे १३ हजारभन्दा बढीले रिट्वीट गरेका छन्। त्यस्तै ६७ हजारभन्दा बढीले लाइक गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *