गो’ली ला’गे’का नरेश सिमा क्षेत्रमा किन गएका थिए, यस्तो छ उनको बयान (भिडियो हेर्नुस्)

काठमाडौ – कञ्चनपुरको सिमानामा फेरी एक नेपाली माथि भारतीय एसएसबीले गो’ली च’ला’एको घटना सार्वजनिक भए पछि प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ । महाकाली नगरपालिका १ का १७ वर्षीय नरेश सुनार गो’ली’ले घाइेत भएका छन् ।

उनी सो क्षेत्रमा किन गएका थिए भन्ने कुराको अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ । सुरुमा भारतीय एसएसबीले उनी माथि गो’ली च’ला’एको बताइएको थियो । उनको दुबै खुट्टामा गो’ली ला’गे’को अवस्थामा महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। तर भारतीय एसएसबीले घटना अस्वीकार गरे पछि घटना थप रहस्यमय भएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अम्मर थापाका अनुसार सो घटना सोमबार बेलुका साढे ६ बजे भएको हो। घटनाबारे जानकारी गराउँदै प्रहरी नायव उपरीक्षक थापाले भने, ‘घटनापछि स्थलगत अनुसन्धानको लागि हाम्रो प्रहरी टोली गौरीकोट जंगल पुगेको थियो। एसएसवीसंग त्यसवारे जानकारी लिँदा उनीहरुले घटनावारे अस्विकार गरेका हुन् ।

नेपाल प्रहरी घटनाको अनुसन्धानका लागि त्यहाँ एउटा सागुवान प्रजातिको रुखमा आरा अ’ड्’कि’एको छ। एसएसबीले आफुहरुको संलग्नता छैन भनेपछि प्रहरीले वनरंक्षक सँग बुझ्ने काम सुरु गरेको जनाएको छ । अझै उनी माथि घटना कसरी भयो भन्ने कुरा खुलेको छैन ।

प्रहरी नायव उपरीक्षक थापाका अनुसार २ जना भारतीय बजार सामान किन्न गएका थिए। घाइते सुनार सँगै गएका अर्का युवकलाई सम्पर्कमा ल्याउने प्रयास भइरहेको प्रहरीले बतायो। उता अस्पतालमा उपचाररत सुनारले आफु सोमबार सीमावर्ती भारतीय बजार गौरीकोटमा दैनिक उपभोग्य सामान किनमेल गर्न पुगेको बताएका छन्।

स्थानीय सञ्चारकर्मी सँग कुरा गर्दै उनले आफु ट्राक्टर चालक रहेको र सामान किन्न पारि भारतीय बजार गएको बताएका छन्। उनले भने, ‘घरको लागि दाल, चामल, चिनी, टमाटर लिएर आउँदै थिए। आउँदै गर्दा बाटोमा रुख का’टे’को थियो। मेरो अगाडि–अगाडि बल्लु थियो, पछाडि–पछाडि म आइरहेको थिए। पछाडिबाट कसैले ड’ण्डा हा’न्यो। म ल’डे। म उठे। ग’न च’ला’एको सुने। खुट्टामा गो’ली ला’गे’छ। म भा’गेर आउँदै गर्दा पछि अंकल गोकुल चन्दले मलाई लिएर आए।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *