सलमानका परिवारका ३ जना विरुद्ध उजुरी परेपछि घरवाट निकालेर वाहिर लगियो, सलमान तनावमा

एजेन्सी । बलिउड अभिनेता सलमान खानको परिवार विरुद्ध उजुरी परेपछि खान अहिले तनावमा छन् । सोहेल खान, अरबाज खान र सोहेलका छोरा निर्वाणविरुद्ध उजुरी परेको हो । उनीहरुले कोरोना विरुद्धको नियम उल्लंघन गरेको भन्दै उजुरी परेको हो । कोरोना गाइडलाइनको उल्लघंन गरेको आरोपमा उनीहरुविरुद्ध एफआइआर दर्ता भएको हो ।

नियम उल्लंघन गरेको आरोप लगाइएका ३ जनालाई नै अहिले क्वारेन्टिनमा राखिएको छ । खासगरी सोहेल खान, उनका छोरा निर्वाण र अरबाज खान २५ डिसेम्बरमा दुबईबाट मुम्बई आएका थिए । तर कोरोना विरुद्धको नियम अनुसार उनीहरु क्वारेन्टिनमा नबसेर सिधै घर गएका थिए । कोरोनाको नयाँ संक्रमण सुरु भएपछि फेरी वाहिरवाट आउनेहरुलाई अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने नियम लागू भएको छ ।

यी सबैजना मुम्बई आएपछि ताज होटलमा क्वारेन्टिन बस्नुपर्ने थियो तर उनीहरु भने सिधा मुम्बईको बान्द्रास्थित आफ्नो घरमा गएका थिए । यसैकारण उनीहरुविरुद्ध यो मामला दर्ता गरिएको हो ।

भारतमा लकडाउन सकिएपछि थुप्रै बलिउड कलाकारहरु कोही विदेश छुट्टी मनाउन गए भने कोही सुटिंगका लागि विदेश गए । कुनै कलाकारले कोरोना नियमको राम्रोसँग पालना गरेका छन् भने कसैले यसमा लापरबाही गरेका छन् । जसमध्ये सलमानका यी दुई भाईले पनि लापरबाही गरेको पाइएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *