आहा सलुट ! इन्सपेक्टर पिताले डीएसपी छोरीलाई सल्युट गरेको तस्विर सामाजिक संजालमा भाइरल :

काठमाडौं- इन्सपेक्टर पिताले डीएसपी छोरीलाई सल्युट गरेको एक तस्विर सामाजिक संजालमा भाइरल बनेको छ । भारतको आन्ध्र प्रदेशमा एक इन्स्पेक्टर प्रहरीले डीएसपी प्रहरीलाई सल्युट गरेका हुन् । आन्द्र प्रदेशका इन्स्पेक्टर श्याम सुन्दरले छोरी डीएसपी जेसी प्रसान्तीलाई सल्युट गरेका हुन्। आन्द्र प्रदेशको ट्वीटरमा यस तस्बिर सार्वजनिक गरिएको छ। त्यहाँ भनिएको छ,‘प्रहरीको कर्तव्य र जिम्मेवारीले परिवारको मिलन गरायो।’ भाइरल तस्विर भएपछि बाबु छोरीको मुक्त कण्ठले प्रशंसा गरिएको छ । आफ्नै छोरीलाई सल्युट गर्न पाउँदा आफू निकै खुशी भएको श्याम सुन्दरले बताएका छन् ।

डीएसपी छोरीलाई इन्स्पेक्टर पिताको सेल्यूट, प्रत्येक अभिभावकले आफ्नो सन्तान आफूभन्दा अधिक उन्नति गरेको हेर्न चाहन्छ, यस्ता अनेकौं घट्नाहरु हामीले विभिन्न सामाजिक संजाल अनि पत्रपत्रिकाहरुमा पड्दै आइरहेका छौ। वर्दी लगाएका पिताको लागि सबैभन्दा खुशीको क्षण त्यो हुन्छ जब उनको छोरो- छोरी उनिभन्दा पनि ठूलो अफिसर बनेर उनको अघि आउँछ अनि उनले सेल्यूट दिनुपर्छ।

आन्ध्र प्रदेशको तिरुपतिमा तैनाथ इन्स्पेक्टर श्याम सुन्दरसँग पनि यस्तै घटना घट्यो।।।
आन्ध्र प्रदेश राज्यको तिरुपतिमा तैनाथ इन्स्पेक्टर श्याम सुन्दरले आफ्नो छोरीलाई सेल्युट दिएका फोटोहरु विभिन्न सामाजिक सन्जालहरुमा भाइरल बनेको छ। गुन्टूरमा तैनाथ उनको डीएसपी छोरी जे•सी• प्रशान्ति अधिकारीको युनिफर्म लगाई उनको अघि आए लगत्तै उनले छोरीलाई सेल्युट दिए।बाबु छोरीको सेल्यूट दिएको फोटोहरु अहिलेघरी सामाजिक सन्जालहरुमा भाइरल बनेको छ।

डिएसपी प्रशान्तिकी पिता श्याम सुन्दर तिरुपति पुलिस ट्रेनिङ्ग स्कूलमा सर्किल इन्स्पेक्टर(सिआई)को पदमा कार्यारत छन्। गुन्टूरमा तैनाथ श्याम सुन्दरको छोरी डीएसपी बेटी प्रशांति अफसरको युनिफर्ममा उनको अघी आइपुग्दामा गर्वले उनको छाती चौडा भए , उनले आफ्नो छोरीलाई सेल्यूट दिए। यो सबै घटना केमरामा कैद भयो अनि उक्त क्षणको फोटोहरु अहिलेघरी सामाजिक सन्जालहरुमा भाइरल बनेको छ।

रेणु दाहाललाई गालि गर्नेलाई एकपटक चितवन आएर विकास हेर्न आग्रह
राजा होइन कुलमान जस्ता क्षमतावान मान्छे ल्याउनु पर्छ : स्वागत नेपाल
बीपी र पीएललाई बाँचुञ्जेल दलाल र गद्दार भन्ने र मरेपछि पुज्ने मेरो देश : डा. बाबुराम भट्टराई
चिनियाँ राजदूत यान्छीले गाइन् रेशम फिरिरि…
प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *