विनयजंगले माघ २४ गते विवाह गर्ने: उनकी प्रेमिका पुजाले खुलाइन् विनय र सपनाबीचको अहिलेको सम्बन्ध, यसकारण संगै छैनन् सपना (भिडियो हेर्नुस्)

काठमाण्डौ । पछिल्लो समय सामाजिक सञ्जालै भरी समाज सेवी विनयजंग बस्नेत र पुजा विश्वकर्माको विबाहको विषयले चर्चा पाई रहेको छ । विनय र पुजाको विबाहको विषयमा यी दुवैले खुलेरै कुरा गर्न थालेका छन् ।

एउटै क्षेत्र अनि एकअर्कालाई एउटै मन भएर बुझेको दाबी गर्दै यी दुवैले एकअर्कालाई आफ्नालागी योग्यको ठानेका छन् । पुजा बाँकेकी हुन् । उनी पनि बेवारिसेहरुलाई जिल्लास्तरमा व्यवस्थापन गर्ने काममा लागेको हुनाले यी दुवैको भेट भएको थियो ।

पुजाले जिल्लामा साथीहरुसंगको सहकार्य र सहयोगमा थुपै्र बेवारिसेहरुलाई व्यवस्थापन गर्ने काम गर्दै आएकी छन् । तीनै पुजालाई विनयले मन पराएको कुरा पुजाले थाहा पाएपछि सानो जात र ठूलो जातको विषयमा पनि यी दुवैले निकै नै छलफल गरेका रहेछन् ।

पुजा आफु सानो जातको भएको हुनाले विनयलाई यो विषयमा सोँच्न भन्दा विनयले आफुलाई जातको विषयमा आफुले कसैलाई पनि भेदभाव नगर्ने बताएको हुनाले विनयसंग विबाहकोलागी राजी भएको कुरा पनि पुजाले सुनाईन् ।

पुजाको भनाई अनुसार विनयजंगसंग विबाह गर्नकोलागी उनको परिवारले उनलाई स्वीकृती दिएका छन् । परिवारको सल्लाहमै विनयले पनि पुजालाई विबाह गर्न लागेको कुरा पुजाले बताईन् । एउटै क्षेत्र भएको हुनाले आफुलाई पनि विनयसंग विबाह गर्न सजिलो भएको कुरा पुजाले सुनाईन् ।

शुरुमा विनयले प्रस्ताव राख्दा पत्यार नलागेपनि पछि विनयले साँच्चै नै आफुलाई माया गर्ने कुरा गरेको बताएपछि विश्वास लागेको हुनाले विबाह गर्नकोलागी आफु राजी भएको उनले सुनाईन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *