३ सन्तान छोडेर तीन महिना देखि हराएकी श्रीमती अचानक फेला परिन्, घर जाउँ भन्दै श्रीमान्ले फकाउँदा पनि मानिनन् (भिडियो हेर्नुस्)

काठमाडौ । दागंमा एक महिला कमला विक ३ महिना देखि सम्पर्क विहिन् भएकी थिइन् । उनका श्रीमान् भारतमा चालक पेशा गर्ने गरेका थिए । घरमा तीन छोराछोरीलाई बिचल्ली पारेर श्रीमती हराएको भन्दै खोजीमा सहयोग गर्न आग्रह गरेका थिए । अहिले तीन महिना देखि हराएकी कमला र जिवराज विकको भेट भएको छ । तीन महिना पछि भेटिएकी श्रीमतीलाई घर लैजान खोजे तर कमला भने श्रीमान् संग जान मानेकी छैनन् ।

आफु भारतमै रहेका बेलामा श्रीमती हराएको भन्दै खोज्दै हिडेका जिवराजले श्रीमती फेला पारे पछि कमलालाई घर लैजान खोजे । उनले तीन महिनासम्म काठमाडौ कमाउन गएको बताएकी छन् । श्रीमान्ले लिएको ऋण तिर्दिन भने अब म कमाउन जान्छु भनेर जानकारी दिएको बताइन् । उनका श्रीमानले भने अरुसंग गएको आरोप लगाएका थिए । श्रीमान्ले ठेकेदारसंग गएको आरोप लगाएका थिए ।

उनले काठमाडौमा चल्ला फाराममा काम गरेको बताएकी छन् । आफ्नो श्रीमानले किन यस्तो नभएको आरोप लगाए त्यसको प्रमाण देखाउनुपर्ने माग राखेकी छन् । कामका लागि काठमाडौ गएको र अहिले फर्केर आएको बताएकी छन् । उनले आफु घर नभएको बेलामा नराम्रो र नभएको आरोप लगाएको भन्दै उनले गुनासो गरेकी छन् । मैले सबैलाई जानकारी दिएरै काम गर्न जान्छु भनेकी थिए, उनले भनिन्, छोरा र नानीलाई मैले म कमाउन जान्छु भनेकी थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *