अमेरिकाकि राष्ट्रपति बाईडेनले माफी माग्नै यसरी घुँडा टेकेका हुन् ? यस्तो रहेछ यथार्थ !

काठमाडौं – यतिबेला अमेरिकाको राष्ट्रपति निर्वाचित जो बाईडेनको एउटा तस्विर भाइरल भएको छ । तस्विरमा बाईडेन एक किशोरको अगाडी आफ्नो एउटा घुडा भुईमा टेकेर बसेका छन् । फोटोमा दुवै जनाले मास्क लगाएको देखिन्छ ।

यो फोटोमा बाइडेनले ति किशोरसँग माफी मागेको दाबी गरिएको छ ।  तस्विरमा देखिएका अर्का व्यक्ति जर्ज फ्लोईडको छोरी भएको र बाईडेनले उनकी छोरीसँग सार्वजनिक रुप मै माफी मागेको दाबी गरिएको छ । जर्ज फ्लोईड अश्वेत थिए, जसको अमेरिकी प्रहरीले हानेको गो’ली लागेर मृ’त्यु भएको थियो । फ्लोईडको मृ’त्यु भएकोमा बाईडेनले अमेरिकी सरकार र जनताको तर्फबाट फ्लोईडको छोरीसँग सार्वजनिक रुपमा माफी मागेको दाबी गरिएको छ ।

कसले गर्यो दाबी ?

नाइजेरिका एक सिनेटरले यस्तो दाबी गर्दै यो फोटो ट्वीटरमा हालेका थिए  । त्यसपछि धेरैले यो फोटो सामाजिक संजालमा शेयर गर्दै भाईरल बनाएका छन्।

के हो यथार्थ ?

यथार्थमा ति व्यक्ति जर्ज फ्लोईडको छोरी नभएको र यस तस्विरमा बाईडेनले माफी पनि नमागेको पाईएको छ । तस्विरमा देखिएका किशोर सिजे ब्राउन हुन् । यो फोटो सेप्टेम्बर ९, २०२० मा खिचिएको थियो । त्यसबेला अमेरिकी राष्ट्रपतिको लागि चुनाव नै भईसकेको थिएन र बाईडेन चुनाव प्रचार प्रसार मै थिए । उनी मिसिगन राज्यमा चुनाव प्रचारप्रसारमा पुगेको बेला यो फोटो खिचिएको थियो । यो फोटो रोयटर्सका सिनियर फोटो पत्रकार लिए मिलिसले खिचेका थिए।

आफ्नो चुनाव प्रचारप्रसारको बेलामा ‘three thirteen’ नामको कपडा स्टोरमा बाईडेन पसेका थिए । त्यहाँ उनी आफ्ना नातिनातिनाको लागि कपडा खरिद गर्नको लागि पसेका थिए । सोहि समयमा यो फोटो खिचिएको थियो । बाईडेन स्वयंले पनि यो फोटो आफ्नो इन्स्टाग्राममा शेयर गरेका थिए।

अत: बाईडेनले जर्ज फ्लोईडको छोरीसँग सार्वजनिक रुपमा माफी मागेको दाबी गलत रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *