न्यूज २४ छाड्दै रवि लामिछाने, अब कुन टेलिजिन चलाउलान् ?

काठमाडौं – टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने कति समयसम्म न्यूज २४ टेलिजिनमा रहलान् ? यो प्रश्न उठिरहँदा रवि सो टेलिभिजनबाट बाहिरिने तयारीमा रहेका छन् ।

चर्चित टेलिभिजन कार्यक्रम ‘सिधा कुरा जनतासँगका’ संचालकसमेत रहेका रवि न्यूज २४ टेलिभिजन छाडेर अर्को टेलिभिजनमा जाने तयारी गरेका छन् ।

न्यूज २४ टेलिभिजन र ‘सिधा कुरा जनतासँग’ कार्यक्रमको प्रायोजकबीच सो कार्यक्रमका विषयमा कुरा बिग्रिएका कारण रविले उक्त टेलिभिजन नै छाडेर अर्को नयाँ खुल्न लागेको टिभीमा जाने तयारी गरेको बुझिएको छ ।

यद्यपी रवि र न्यूज २४ टेलिजिनले भने अहिलेसम्म यस विषयमा केही बोलेका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *