हिन्दु धर्मको अपमान गरेको आरोपमा ५ जना कमेडियन पक्राउ

एजेन्सी । इन्दौर प्रहरीले हिन्दु देवी देउताको अपमान गरेको आरोपमा पाँच जना कमेडियनलाई गिरफ्तार गरेको छ। द इन्डियन एक्सप्रेसका अनुसार हिन्दुवादी नेता एकलव्य लक्ष्मण सिंहको उजुरीपछि उनीहरूलाई पक्राउ गरिएको हो।

कमेडियन मुनव्वर फारूकीसहित एडविन एन्थनी, प्रखर व्यास, प्रियम व्यास र नलिन यादवलाज्ञ शनिवार अदालतमा पुर्‍याइयो। त्यहाँ उनीहरूमाथि कु’ट’पि’टसमेत भयो।

यस घटना मन्दसौर, उज्जैन र इन्दौरमा साम्प्रदायिक हिं’सा भएको चार दिनपछि भएको हो। प्रहरीका अनुसार पाँचै कमेडियनका भिडियो प्रमाणका रुपमा पेश गरिएको थियो।

प्रहरीले भनेका छन्,’भिडियोमा कमेडियनले आपत्तिजनक टिप्पणी गरेका छन्। उनीहरूलाई भेट्न पुगेका साथीमाथि कु’ट’पि’ट भएको भिडियो अनुराग द्वारीले ट्वीट गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *