चलाख चोर बनिन अभिनेत्री दीपिका

मुम्बई । बलिउडमा सफल चलचित्रका रुपमा ‘धुम’ शृंखलाको नाम सबैभन्दा अगाडि आउँछ । यो चलचित्रको शृंखला सन् २००४ बाट बन्न सुरु भएको हो ।

यसको शृंखला यात्रा अहिले पनि चलचित्रका शुभचिन्तकका लागि प्रिय बनेको छ । साथै हरेक शृंखलाले भारतीय बक्सअफिसमा रेकर्ड पनि तोड्दै आएका छन् ।

यसैबीच बलिउडमा अहिले चलचित्र ‘धुम ४’ को प्रमुख भिलेनका बारेमा व्यापक चर्चा हुन थालेको छ । चलचित्रमा अभिनेता अभिषेक बच्चन र उदय चोपडाको भूमिका निश्चित रहेको जनाइएको छ ।

यसैबीच यस चलचित्रमा खलनायक को हुने भनेर चर्चा सुरु भएको छ । यसमा नयाँ भिलेनका लागि अभिनेता शाहरुख खान र रणवीर सिंह लगायतका कलाकारको चर्चा चलिरहेको छ ।सौर्य दैनिकमा खबर छ ।

यसैबीच अभिनेत्री दीपिका पादुकोण यस चलचित्रमा मुख्य भिलेनको भूमिका देखापर्न लागेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । ‘धुम ४’ का निर्माताले पहिलोपटक चलचित्रमा महिला कलाकारलाई भिलेनका रुपमा प्रस्तुत गर्ने तयारी गरेको जनाइएको छ ।

त्यसका लागि ठूलो बजेटमा निर्माण हुन लागेको यस चलचित्रमा अभिनेत्री दीपिकालाई लिन तयारी भइरहेको बताइएको छ ।

दीपिकालाई यस चलचित्रमा एक चलाख चोरका रूपमा प्रस्तुत गर्ने तयारी भइरहेको जनाइएको छ । धुमका सिक्वेलमा यसअघि अभिनेता जोन अब्राहम, ऋतिक रोशन र आमिर खानले मुख्य भिलेनको भूमिका निर्वाह गरिसकेका छन्

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *