कहालीलाग्दो दुर्घटना , ३२ वर्षिय प्रदिप को ज्यान गयो

विराटनगर / पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत मोरङको उर्लाबारी नगरपालिका–४ मा शनिबार साँझ भएको दुर्घटनामा परेर मोटरसाइकल चालकको मृत्यु भएको छ । यात्रुबहाक बसले मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो ।

पश्चिमतर्फ आउँदै गरेको को १ ख ६२७८ नम्बरको बसले विपरीत दिशातर्फ जाँदै गरेको मे ६ प ३२६३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक उद्धव पोखरेलले बताए । उनका अनुसार दुर्घटनामा परेर मोटरसाइकल चालक झापाको दमक नगरपालिका–४ का ३२ वर्षीय प्रदीप कार्कीको मृत्यु भएको छ ।

दुर्घटनामा परेर गम्भीर घाइते भएका उनको उपचारका क्रममा अरनिको अस्पताल उर्लाबारीमा साँझ ५ बजेतिर मृत्यु भएको हो । मोटरसाइकलको पछाडि बसेका दमक–४ का २७ वर्षीय उत्तम कटुवाल गम्भीर घाइते भएका छन् । अरनिको अस्पतालमा उपचार हुन नसकेपछि कटुवाललाई थप उपचारका लागि बी एण्ड सी अस्पताल बिर्तामोड लगिएको प्रहरी निरिक्षक पोखरेलले बताए ।

प्रहरीले बस र चालक सुनसरीको धरान उपमहानगरपालिका–८ का ४७ वर्षीय पुलकित राजधामीलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको जनाएको छ । घटनास्थल उर्लाबारी नगरपालिकाको कार्यालय अगाडि हो ।**भिडियो हेर्न तल क्लिक गर्नुहोला **

Leave a Reply

Your email address will not be published. Required fields are marked *