खाली पेटमा बेसार पानी पिउनुका छन यति फाइदाहरु !!

स्वास्थ्यका लागि बेसारका अनेक फाइदा छन् । अक्सर दूध–बेसारको चर्चा हुन्छ । दूधमा बेसार राखेर सेवन गर्दा जिउको दुखाइ कम हुन्छ, शरीरमा स्फूर्ति जाग्छ । तर, तातो पानीमा बेसार राखेर सेवन गर्नुका अझ धेरै फाइदा छन् ।

बिहानै उठेर बेसार–पानी पिउँदा शरीरमा रगत जम्न पाउँदैन । यसले रगत सफा गर्छ । उठ्नेबित्तिकै बेसार–पानी पिउँदा दिमागलाई पनि फाइदा पुग्छ ।

यसरी पिउने बेसार–पानी बनाउन एक गिलास मनतातो पानीमा आधा कागती, एक चम्चा बेसार र उति नै मह मिसाएर राम्रोसँग फिट्नुपर्छ ।

बेसारमा एन्टिअक्सिडेन्ट पाइन्छ । यसले क्यान्सरका किटाणुसँग लड्ने क्षमता बढाउँछ । बेसार–पानीको नियमित सेवनले पाचन प्रणालीलाई स्वस्थ्य राख्न मद्दत पुग्छ । यसले खाना पचाउन सहयोग गर्छ ।

यसका अतिरिक्त, बेसार–पानीको नियमित सेवनले दिनभरको थकान मेटाउँछ, दुखाइ कम गर्छ र शरीरलाई ताजा राख्छ । बिहान खाली पेटमा बेसार–पानीको पिउँदा दिमाग तेज हुन्छ । भुल्ने रोग कम गर्छ ।

यसले कलेजोलाई सफा राख्छ । र, पित्ताशयको कामलाई सुचारु गराउन मद्दत गर्छ । उमेरसँगै आउने समस्याहरुको समाधानमा पनि बिहान खाली पेटमा बेसार–पानीको सेवन लाभदायक हुन्छ ।

यो पनि पढ्नुहोस् :जाडोमा छालाको ख्याल राख्न अपनाउनुहोस् यी उपाय !!:स्वास्थ्य मानिसको छाला कान्तिमय चम्किलो तथा कमनिय हुन्छ, तर विभिन्न कारणले छालामा त्यसको असर परिरहेको हुन्छ, तपाईंको छालाको टेक्सचर तपाईं बस्ने वातावरण तपाईंको खानपान तथा रहनसहनमा निर्भर पर्दछ। तसर्थ, छालाको प्रकार हेरेर त्यसको घरेलु उपचार गनुपर्दछ।

सामान्यतया छालालाई ओइली डई कमिनेशन र नर्मल गरी चार प्रकारका हुन्छन्। तर, जाडोमा डइ स्कीन मात्र सुख्खा नभई सबै प्रकारका छाला सुख्खा हुनेगर्दछ। धेरै फुट्ने र सुख्खा हुने भाग गाला र हातगोडा पर्छन्। यीबाहेक ओठ पनि ज्यादा फुट्ने गर्छ। फुट्नु वा सुख्खा हुनुको कारण पानीको कमी हो। यसरी घरमै बनाएर छालालाई सुन्दर बनाउन सकिन्छ, जस्तै घरमै उपलब्ध सामग्रीलाई प्रयोग गर्ने उपाय

एक चम्चा बेसन एक चम्चा कागती हाफ चम्चा बेसार र काँचो दूध मिलाएर यसलाई अनुहारमा लगाएर १५र२० रहन दिनुहोस र सुकेपछि सफा पानीले अनुहार धुनुहोस। छालाको सुख्खापन हराउँदै जान्छ।

आधा चम्चा मूलाको रस आधा, चम्चा गोलभेडाको रस, आधा चम्चा गुलाबजललाई मिसाउने र ४र५ थोपा कागतीको रस, बेसारको धुलो मिसाएर पेष्ट बनाउने र मस्टराइजरको रूपमा साझ सुत्नु अगाडि लगाउने। यसले छालालाई नरम र चम्किलो बनाउछ।

चिल्लो छालाको लागि एउटा अण्डाको सेतो भाग, एक चम्चा काँचो दूध, आधा चम्चा कागतीको रस, काँक्रोको रस, एक चम्चा र एक चम्चा चामलको पिठो वा जौको पिठो मिसाएर २० मिनेट दिनहुँ लगायो भने चिल्लोपना हराउँदै जान्छ र छाला चम्किले देखिन्छ।यसरी जाडो याममा छालालाई नियमित रूपमा हेरविचार गनालो तपाईं सधैँ स्मार्ट देखिनुहुने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *