सर्लाहीमा सर्वसाधारणलाई ठक्कर दिएर भाग्यो मन्त्री प्रभु साह सवार गाडी

जनकपुरधाम । शहरी विकासमन्त्री प्रभु साह सवार गाडीले सर्लाहीमा एक जनालाई ठक्कर दिएको छ।

पूर्व–पश्चिम राजमार्गको हरिवनमा मन्त्री साह सवार ना १ झ ३८४२ गाडीले एकजना सर्वसाधारणलाई ठक्कर दिएको हो।

ठक्करबाट एक जना घाइते भएका छन्। घाइते हुनेमा लालबन्दी नगरपालिका वडा नम्बर–८ चन्द्रपुर घर भएका ३५ वर्षीय बच्चु तामाङ रहेका छन्। उनको कम्मर र खुट्टामा चोट लागेको छ । र स्थानीय स्वाभिमान अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

तामाङलाई मन्त्री साहको गाडीले ठक्कर दिएको सर्लाहीका प्रहरी प्रबक्ता मदन कुँवरले जानकारी दिए । ‘ठक्कर दिएर भागेको गाडी मन्त्रीज्यूकै रहेको खुल्यो’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *