तीव्र गतिमा आएको गाडीले बाघलाई ठक्कर दिएपछि

पोखरा न्यूज । राजमार्गमा गाडीको ठक्करबाट शनिवार एउटा बाघको मृत्यु भएको वन्यजन्तु संरक्षकर्मी प्रमोद न्यौपानेले बताउनु भएकोे छ ।

पर्सा राष्ट्रिय निकुञ्ज हुँदै महेन्द्र राजमार्ग पार गर्दै गरेको बाघलाई तीव्र गतिमा आएको गाडीले ठक्कर दिएको थियोे । सिमरादेखि हेटौंडा जाने बाटोमा जीतपुर सिमरा उपमहानगरपालिकास्थित पथलैया पर्सा राष्ट्रिय निकुञ्ज नजिकै तिब्र गतिमा हॉकेको गाडीले सडक पार गर्दै गरेको पाटे बाघलाई ठक्कर दिएर मारेको छ।

नेपालमा राजमार्गमा गाडीको ठक्करले बाघको मृत्यु भएको यो तेस्रो घटना हो। यस अघि सन् २०१६ डिसेम्वर २४ र २०१९ जनवरी ११ मा गाडीको ठक्करबाट वाघको मृत्यु भएको  संरक्षकर्मी न्यौपानेले जानकारी दिनु भएको छ ।

Leave a Reply

Your email address will not be published.