‘नेपालकै अग्लो’ शिवको मूर्ति निर्माण अन्तिम चरणमा : ॐ लेखी सेयर गर्नुहोला !

पोखरा आउने पर्यटकको बसाइ लमब्याउन र भारतीय पर्यटकहरुलाई मध्यनजर गर्दै मूर्ति स्थापना गर्न लागिएको हो । एकै ठाउँबाट रमणीय दृश्य अवलोकन गर्न सकिने गरी पोखरा महानगरपालिका पुम्दीकोटमा ५२ फिट अग्लो शिव मूर्ति निर्माण गरिएको हो ।

पोखरामा नेपालमै अग्लो दाबी गरिएको शिवको मूर्ति निर्माणको काम अन्तिम चरणमा पुगेको छ । मूर्ति निर्माणको काम ४५ प्रतिशत सकिएको छ । ४० करोड रुपैयाँको लागतमा निर्माणाधीन मूर्तिले यहाँको धार्मिक पर्यटन प्रवर्द्धन हुने विश्वास लिइएको छ ।

पुम्दीकोटकोट विकास समितिले मन्दिर निर्माणको काम तीव्रगतिमा गरिरहेको छ । भवन निर्माण र मूर्ति जडानको काम चलिरहेको छ । ५२ फिट अग्लो शिवजीको बसेको मूर्ति राख्न लागिएको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन प्रवर्द्धन र विकासका लागि नेपालका १०० पर्यटकीय गन्तव्य घोषणा गरेको थियो । त्यसैमा परेको पोखरा महानगरपालिका–२२, पुम्दीकोटमा स्थापित तथा पर्यटन गरिनुपर्ने गन्तव्यमा सूचीकृत गरेसँगै त्यसलाई पर्यटकीय तथा धार्मिक क्षेत्र बनाउन स्थानीयहरु उत्साही भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *