जब्बर झम्की आमा: “आमा अब जाम हिँड्नुहोस् घर, यहाँ बस्नुहुन्न”

सर्लाही, पुस १६ गते । “पाल्ने भए यत्रो साल कहाँ गएका थियौ, किन नलगेका, तिमीहरु पाल्न होइन मलाई लुट्न आएको हो, ए भाइ हो (गाउँलेलाई देखाउँदै), यिनीहरु चोरी गर्न लागे, मलाइ बचाऊ… ।”

मेची­महाकाली उद्धार कार्यक्रमअन्तर्गत बुधबार सडकबाट उठाएर आश्रममा लैजान खोज्दा सर्लाहीको हरिवन नगरपालिकास्थित सुखेपोखरी चोकमा एक महिला यसरी बेस्मारी चिच्याउनुभयो । “आमा अब जाम हिँड्नुहोस् घर, यहाँ बस्नुहुन्न”, स्थानीय वडा सदस्य सुकदेव कार्कीका प्रेमिल यी भनाइ उहाँका लागि वचन बाण बन्यो । त्यसपछि उहाँ झनक्क रिसाएर लाठी आक्रमणमा उत्रनुभयो । उहाँ त्यति मात्रै बोलेर चुप लाग्नुभएन । फोटो निकालेर बेच्न खोजेको आरोप लगाउँदै मुखमुखै लाग्नुभयो । पटकपटक अभियानकर्मीले उद्धार प्रयास गर्दा उहाँले लाठी लिएर लखेट्नुभयो ।

आक्रमणको शिकार हुने डरले उहाँलाई हत्तपत्त कसैले समाउने आँट गरेनन् । साथमा छोराझैँ हुर्काएर पालेको कुकुर उहाँको सहारा बनेर उभिएको थियो । उहाँको काखमा लुटपुटिएको कुकुरले कसैलाई छुन दिएन । जसले ती आमालाई छुन खोज्थ्ये, कुकुर झम्टिएर आक्रमण गथ्र्याे । केहीबेरको गलफतीपछि उद्धार टोलीले उहाँलाई सडकबाट उठाउन सफल त भयो तर उद्धार बाहनमा राख्न उत्तिकै कठिन भयो । उहाँलाई लगेको देखेर कुकुर निक्कै बेर छट्पटायो । कुकुरलाई साथै लैजाने प्रयास भने सफल हुन सकेन ।

जाडो मौसम भएकाले चोकमा आगो फुसफुस बलेर ताप्दै गर्दा उहाँलाई बुधबार उद्धार गरिएको थियो । डोरीको एक छेउ उहाँको कम्मरमा र अर्काे छेउ बच्चैदेखि पालेको कुकुरको घाँटीमा बाँधिएको थियो । छिमेकीका अनुसार उहाँले त्यो कुकुर बच्चैदेखि पाल्नुभएको हो । छेउको अर्काे

Leave a Reply

Your email address will not be published. Required fields are marked *