पूर्वराजाले मनाए मेची क्राउन प्लाजामा नयाँ वर्ष

काठमाडौँ। पूर्वराजा ज्ञानेन्द्र शाह नयाँ वर्ष मनाउन झापाको धुलाबारीमा रहेको मेची क्राउन प्लाजा पुगेका छन्। उनी बिहीबार बेलुका साढे ८ बजेतिर मेची क्राउन प्लाजा पुगेका थिए।पूर्वराजा शाहले त्यहाँ करिब पाँच घण्टा बिताएको होटलका अध्यक्ष पवित्रकुमार कार्कीले जानकारी दिए।

“उहाँ एक्कासी हाम्रो होटलमा आउनुभयो,” उनले भने, “पूर्वमा यस्तो राम्रो होटल बनाएको भन्दै प्रशंसा पनि व्यक्त गर्नुभयो। उहाँले यहाँ नयाँ वर्ष मनाएर निस्कनुभयो।”

पूर्वराजा शाह आफ्ना सचिवालयका केही कर्मचारीसँग त्यहाँ पुगेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *