कहिले आउँछ त एसईईको नतिजा?

असार-११, चितवन। कोरोना महामारीका कारण स्थगित भएको माध्यमिक शिक्षा परीक्षा (एसईई)का विद्यार्थीले साउन मसान्तसम्म आफ्नो अन्तिम नतिजा हात पार्ने भएका छन् ।

राष्ट्रिय परीक्षा बोर्डका परीक्षा नियन्त्रक रामराज खकुरेलले साउन १५ भित्र बोर्डले नतिजा प्रकाशित गर्ने जानकारी दिँदै साउनभित्रै ग्रेडसिट विद्यार्थीको हातमा पर्ने बताउनुभयो । कक्षा १० का विद्यार्थीको मूल्याङ्कन नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि २०७७ को तयारीसँगै विद्यार्थीको मूल्याङ्कन गर्ने आधार निधो भएपछि विद्यार्थीले अब साउनभित्रै आफ्नो नतिजा हात पार्ने अवस्था बनेको हो । कोरोना भाइरसको सं’क्रम’ण भ’या व’ह भएको अवस्थामा बाहेक साउनभित्रै सबै काम सक्ने योजना बनाइएको छ ।

यसैगरी नतिजा प्रकाशनपछि चार लाख ८३ हजार विद्यार्थीको ग्रेडसिट र प्रमाणपत्र प्रिन्ट गर्न, परीक्षा नियन्त्रकको हस्ताक्षर तथा छाप लगाउने कार्यका लागि केही दिन लाग्ने अनुमान गरिएको छ ।

विद्यार्थी विद्यालय जानु पर्दैन:- एसईईका विद्यार्थी आफ्नो विद्यालयमा भने जानु नपर्ने भएको छ । तर, सम्बन्धित विद्यालयका प्रधानाध्यापक, विषय शिक्षक र माध्यमिक तहको ज्येष्ठ सदस्य भने विद्यालय जानुपर्ने गरी कार्यविधि बनाइएको छ । ज्येष्ठ शिक्षकबारे थप स्पष्ट गर्दै भनिएको छ, “सम्बन्धित माध्यमिक तहका शिक्षकहरूमध्ये नियुक्तिका आधारमा सबैभन्दा ज्येष्ठ शिक्षक प्रतिनिधि हुनेछन् ।’’ यो समाचार आजको गोरखापत्र दैनिकमा शेषकान्त पण्डितले लेखेका छन् ।

यो पनि पढ्नुस:- हेटौँडा उपमहानगरपालिकाले मकवानपुरका सात जना पत्रकारलाई सम्मान तथा पुरस्कार वितरण गरेको छ । उपमहानगरले तीन दशक अघिदेखि पत्रकारितामा क्रियाशील प्रकास साप्ताहिकका सम्पादक तथा पत्रकार महासङ्घ मकवानपुरका पूर्वअध्यक्ष नवराज शर्मालाई नगद रु १७ हजारसहित ‘अग्रज पत्रकार सम्मान’ प्रदान गरेको छ भने अन्य छ जना पत्रकारलाई विकास पत्रकारिता पुरस्कार वितरण गरेको छ ।

उपमहानगरपालिकाले द हिमालयन टाइम्समा कार्यरत पत्रकार प्रकाश दाहाल, कान्तिपुर दैनिक तथा साझाकुरा दैनिकमा कार्यरत सुवास बिडारी, नयाँ पत्रिका दैनिकमा कार्यरत सुदीप शिवाकोटी, हेटौँडा एफएममा कार्यरत कृष्ण उदास खनाल, समृद्ध समाज दैनिक तथा रेडियो निकासमा कार्यरत सुरेश श्रेष्ठ र सहिखवर साप्ताहिकमा कार्यरत सरिता दाहाललाई नगदसहित सम्मान गरेको हो।

पुरस्कृत पत्रकारलाई जनही नगद रु १३ हजार ५००, दोसल्लाह र प्रमाणपत्रसहित उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महत र उपप्रमुख मीनाकुमारी लामाले सम्मान प्रदान गर्नुभयो । अग्रज पत्रकार सम्मान प्राप्त गर्नुभएका शर्मालाई प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले दोसल्ला ओडाएर सम्मान गर्नुभयो । हेटौँडा उपमहानगरपालिकाको सातौँ नगरसभाका अवसरमा बुधबार आयोजित समारोहमा उहाँहरुलाई सम्मान तथा पुरस्कार वितरण गरिएको हो ।

यसैबीच विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ बाट मृ’त्यु भएको अवस्थामा उक्त मृ’तकको परिवारलाई हेटौँडा उपमहानगरपालिकाले रु तीन लाख राहत दिने भएको छ । हेटौँडा उपमहानगरपालिकाको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्दै उपप्रमुख लामाले उक्त घोषणा गर्नुभएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *