जाडोमा ओठ फुट्ने समस्या छ? यस्तो यसको कारण र समाधान

ओठ फु ट्नु सामान्य अवस्था हो । तर यसले कहिलेकाँही अलिक धेरै दुख दिन्छ । त्यसैले समयमै यसको समाधान खोजिनु आवश्यक छ । बिशेषत जाडोको मौसम सुरु भएसँगै ओठ फु ट्ने समस्या पनि शुरु हुन्छ ।

जाडोको समयमा हावा सुख्खा हुने र यसको स्पर्श छालामा पर्दा छाला पनि सुख्खा हुने विज्ञहरु बताउँछन् । जाडोको समयमा सुख्खा हावा बाहेक अन्य कारण पनि ओठ फु ट्ने समस्या आउँछ ।

तर अन्य धेरै कारण हुनसक्छन् जसले ओठ फु ट्न सक्छ । हेर्नुहोस् अन्यकारणहरु यस्ता छन् ।

केही मानिसहरुको बारम्बार जिब्रो ओठमा दल्ने बानी हुन्छ । जिब्रोमा भएको थुक ओठमा लगाउँदा ओठमाथिको छाला थुकका कारण सुक्न थाल्छ र ओठ झन् धेरै फु ट्छ ।

शरीरमा पानीको मात्रा कम भएमा पनि ओठ फु ट्छ । पानी हाम्रो शरीरका लागि अत्यावश्यक पदार्थ हो । प्यास नलागेसम्म पानी नपिउँदा यस्तो समस्या देखापर्छ ।

अत्यधिक अमिलो खानेकुरा खाँदा पनि ओठ फु ट्ने समस्या आउँछ । यस्ता खानेकुरामा हुने अ म्लि य तत्वका कारण छालालाई धेरै सुख्खा बनाउने हँदा ओठ फु ट्न सक्छ ।

कहिले काँही र क्सीको धेरै से व न गर्दा पनि ओठ फु ट्ने समस्या आउँछ ।

ओठ धेरै नै कोमल हुन्छ । त्यसैले बोल्दा, बातचित गर्दा शरीर भित्रको हावाको स म्प र्क मा लगातार आउँछ र ओठ नरमपनामा कमी आउँछ ।

ओठको सुरक्षित बताउने जिम्मा तपाईकै हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *