ओठलाई आर्कषक देखाउन महिलाले यसरी लगाउँछन् लिपिष्टिक

लिपिस्टिक महिलाको प्रिय गहना हो । हरेक महिलाले लिपिष्टिक लगाउन रुचाउछन् । महिलाको सुन्दरता लिपिस्टिकमा विषेश फरकपना देख्न पाइन्छ ।

तर धेरैलाई लगाउने तरीका थाहा नहुन सक्छ । लिपिस्टिकलाई बोल्ड लुक्स दिन लिपिस्टिक लगाएपछि ओठको चारैतर्फ महिलाले आउटलाइन बनाउन सक्छन् । यसका लागि आइब्रो पेन्सिलको सहायता लिन सकिन्छ।

परिवर्तित मौसमसँगै ओठ पनि संवेदनशील हुन्छ । हावाका कारण ओठ रुखो र सुक्खाा हुन्छ । यसलाई सफ्ट बनाउन ओठलाई एक्सफोलिएट गर्नु आवश्यक छ । यसका लागि भ्यासलिन लगाएर टुथब्रसको सहयोगले दल्न सकिन्छ । त्यसपछि लिपबाम लगाउने अनि मात्र अनि लिपिस्टिक ।

लिपिस्टिक लगाउनुपूर्व फाउन्डेसन प्रयोग गरेमा लिपिस्टिक ओठभन्दा बाहिर जान सक्दैन । महिलालाई मन पर्ने रंगको लिपिस्टिक ब्रसका माध्यमले ओठमा लगाउने, त्यसपछि ब्लान्टिङका लागि टिस्यु पेपरको प्रयोग गर्यो भने यो झन राम्रो हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *