अंशिका शर्माले जितिन ‘मिस युनिभर्स नेपाल-२०२०’ ताज

मिस युनिभर्स नेपाल २०२०’ को ताज अष्ट्रेलियानिवासी अंशिका शर्माले जितेकी छन्। बुधवार राति भएको प्रतिस्पर्धामा फाइनलमा पुगेका अन्य ४ प्रतिस्पर्धीलाई उछिन्दै शर्माले मिस युनिभर्सको ताज जितेकी हुन्। प्रतियोगिताको फाइनलमा शर्मासहित मस्को निवासी निनाकान्ता मण्डल, अमेरिका निवासी सुजिता बस्नेत, काठमाडौं निवासी दिक्ता थापा र विराटनगरनिवासी न्यान्सी खड्का पुगेका थिए।

पहिलो पटक स्वतन्त्र रुपमा सञ्चालन भएको भनिएको प्रतियोगिताका लागि पाँच सय आवेदन परेको आयोजकले जनाएका थिए। विभिन्न चरण पार गर्दै फाइनलमा भने १८ जनालाई र्‍याम्पमा उतारिएको थियो। प्रतियोगिताको निर्णायकमा माल्भिका सुब्बा, अनुपमा खुञ्जेली, चारु चड्डा, अभया सुब्बा, उषा रजत र प्रेरणा शाह थिए। जितसँगै शर्माले १० लाख नगदसहित १५ लाख बराबरको क्राउन हात परेकी छन्।

अन्सिका शर्मा ‘मिस युनिभर्स नेपाल-२०२०’ बनेकी छन्। विजयी बनेसँगै उनले १० लाख रुपैयाँ प्राप्त गरेकी छन्।यस्तै पहिलो रनर्सअप सुजिता बस्नेत तथा दोस्रो रनर्सअप निनाकान्त मण्डल बनकी छन्। तेस्रो रनर्सअप र चौथो रनर्सअप क्रमशः दीप्ता थापा र न्यान्सी खड्का भएका छन्।

यो वर्ष मिस युनिभर्स प्रतियोगिता छुट्टै आयोजना गरिएको हाे। यसअघि ‘मिस नेपाल’ प्रतियोगिता आयोजना गरिरहेको हिडन ट्रेजरले पनि गत फागुनदेखि मिस युनिभर्ससँग सहकार्य गरेको हो। म नेपाली लिमिटेड नेपालका लागि मिस युनिभर्स संगठनको नयाँ दीर्घकालीन फ्रान्चाइजी रहेको रियालिटी सो ३ वर्षअघि सुरु भएको हो।सन् २०१७ मा नग्मा श्रेष्ठले याे स्थापना गरेकी हुन् भने सहसंस्थापक सीजी कर्पोरेसेन ग्लेबल हाे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *