भारतीय बुहारीलाई नागरिकता दिन नपाइने हो कि भनेर चिन्ता गर्ने मधेस केन्द्रित दलले राजु सदा औषधि नपाएर छट्पटिएर मरेको देखेन

काठमाडौं । भारतमा काम गर्दै आएका धनुषा पर्साहीका १६ वर्षीय राजु सदा कोरोनाबाट ज्यान जोगाउन भन्दै जेठ १४ गते स्वदेश फर्किए । स्वदेश आएलगत्तै उनलाई क्वारेन्टाइनमा लगियो । त्यही झाडापखाला लागेर आषैधिसमेत खान नपाई असार ९ गते उनले अस्पतालको बेडमै छट्पटिएर प्राण त्यागे ।

उनी अस्पतालको बेडमा छटपटिएर मृत्युको नजिक पुग्दासमेत उनलाई हेर्न र छुन कुनै डाक्टर र नर्स गएनन् । यो दृश्यले प्रदेश २ सरकारलाई छोएको देखिएन । प्रदेशमा मधेस केन्द्रित दलकै नेतृत्वको सरकार छ । मधेसी जनताको हकहित र अधिकारको लागि लड्दै आएको बताउने नेताहरूले अहिलेसम्म यो विषयप्रति एक शब्द बोलेको देखिएको छैन ।

मधेस केन्द्रित दलका नेतालाई भारती चेलीको चिन्ता बढी छ । आफ्ना देशका नागरिक भोकले मरुन् कि औषधि खान नपाएर मरुन्, उनीहरूलाई कुनै चासो छैन । तर, नेपाली युवकले भारतीय बुहारी ल्याउनेवित्तिकै उसलाई नागरिकता दिन नपाइने हो कि भन्ने चिन्ता छ । त्यही भएर नागरिकता विधेयकलाई लिएर जनता समाजवादी पार्टी सडक आन्दोलनमा जाँदैछ । उसले सरकारविरुद्ध औपचारिक रूपमा विरोधका कार्यक्रमसमेत घोषणा गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *