आज गायिका अन्जु पन्तको जन्मदिन

काठमाडौं, ११ असार -आज गायिका अन्जु पन्तको जन्मदिन परेको छ । उनले आज आफ्नो ४३ औ जन्मदिन मनाउदैछिन् । जन्मदिनको अवसरमा उनलाई बिहानैदेखि शुभकामनाको ओइरो लागेको छ ।

‘न बिर्से तिमीलाई न पाए तिमीलाई’ गितले रातारात हिट भएकी गायिका अन्जु पन्तले आज आफ्नो जन्मदिन घरमै परिवारसँग मनाउदैछिन् । गएको बर्षको जन्मदिन मनाउदै गर्दा उनले एउटा गित रेकर्डीङ्ग गराएकी थिइन् । तर अहिले भने कोरोनाका कारण गीतका कामहरु रोकिएका छन् ।

अञ्जु पन्त नेपाली गायिका हुन् । नेपाली गायन क्षेत्रमा उनले विभिन्न चर्चित गीतहरू गाएकी छिन् जसमध्ये न बिर्सें तिमीलाई…, म तिमी बिना मरीहाल्छु, भुन भुन बोल्यो भमरा आदि रहेका छन् ।

उनले हालसम्म १८ वटा नेपाली चलचित्रका लागि गीत गाईसकेकी छिन् भने सयौं सांगीतिक एल्बममा आफ्नो आवाजको जादु छरिसकेकी छिन् ।

आठराईकी आमा मनु योञ्जन र काठमाडौंँ नजिक फफिर्ङका विष्णु पन्तकी छोरी अञ्जु पन्त सबैभन्दा बढी गीत गाउने, सबैभन्दा बढी पुरस्कार पाउने र गीतबाट सबैभन्दा बढी आम्दानी गर्ने गायिकामा दरिएकी छिन् ।

उनको सर्वप्रिय गीत ‘ तिम्ले पराइ ठाने पछि पराइ हुन के भयो र ” (शब्द लोकराज अधिकारी संगीत सन्तोष श्रेष्ठ ) नेपालको मोबाइल रिङ्ग ब्याक टोन CRBT मा सर्बाधिक २,८२,७५७ पटक डाउनलोड भएको छ ।

जुन गित मोबाइलबाट डाउनलोड गरिएको नेपालको सर्वाधिक डाउनलोडेड गीत हो । जुन गीत को डाउनलोड रेकर्ड अहिले सम्म अरुले तोडन सकेका छैनन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *