झाडुलाई मानिन्छ लक्ष्मीको प्रतिक ! भूलेर पनि गर्नुहोस् यी गल्ती, निम्तिन सक्छ दुर्भाग्य

काठमाडौं । झाडुलाई लक्ष्मीको प्रतिक मानिन्छ । त्यसैले झाडुसँग जोडिएका गुण र अपगुणले हाम्रो जीवनमा ठूलो असर पार्दछ । यदी झाडुसँग जोडिएका केही कुराको ध्यान नराख्यो भने हाम्रो जीवनमा समस्या थपिन सक्छ । त्यसैले वास्तुशास्त्रका अनुसार झाडु सम्बन्धी यी कुरामा ध्यान दिनुहोस्ः

१. घर वा अफिसमा झाडुको काम सकियो भने त्यसलाई देखिरहने ठाउँमा नराख्नुहोस् । पुरै समय झाडु देखिरहनु अशुभ मानिन्छ ।

२. कयौँ पटक झाडु भाँचिदा पनि हामी त्यसको प्रयोग गछौँ । त्यो एकदमै गलत हो । यदी घर वा अफिसमा झाडु झाँचियो वा टुट्फुट भएमा त्यसलाई तुरुन्त परिवर्तन गर्नुहोस् ।

३. यदी मिल्यो भने झाडुलाई पश्चिम दिशाको कुनै कोठामा राख्नुहोस् । यस दिशामा झाडु राख्नु निकै राम्रो मानिन्छ । जसले गर्दा झाडुका कारण तपाईको घरमा कुनै नकारात्मक प्रभाव पर्न सक्दैन् ।

४. वेलुकीको समयमा झाडु लगाउनु वास्तुशास्त्रका अनुसार अशुभ मानिन्छ । वेलुकी झाडु लगाउदा लक्ष्मी बाहिरीने विश्वास भएकाले रात वा वेलुकीको समयमा झाडु नलगाउनुहोस् ।

५. झाडुलाई कहिलै पनि ठाडो बनाएर नराख्नुहोस् । ठाडो झाडु अपशगुनको कारण मानिने भएकाले जहिले पनि यसलाई जमिनमा लडाएर राख्ने गर्नुहोस् ।

६. पुरानो झाडु बदलेर नयाँ झाडु ल्याउन लाग्नु भएको छ भने शनिबार मात्र यो काम गर्नु राम्रो मानिन्छ । त्यस्तै झाडुलाई लक्ष्मीको प्रतिक मानिने भएकाले कहिलै पनि खुट्टामा झाडुले नछुनु राम्रो हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *