यस्तो छ मुक्तिनाथ मन्दिरमा रहेका १०८ धाराको धर्मिक महत्व !!!

मुस्ताङमा अवस्थित मुक्तिनाथ मन्दिर हिन्दुहरुको पवित्र थलो हो । यो समुन्द्री सतह देखि लगभग ३८०० मिटर उचाइमा छ । हिन्दु र बौद्धमार्गि दुबैको साझा तिर्थको रुपमा पनि लिइन्छ । बर्सेनी लाखौंको भिड लाग्छ । मन्दिर दर्शन गरेर त्यहाँको १०८ धारामा नुहाएमा पाप पखालिने र शुद्ध भइने जनविश्वास छ । मुल मन्दिरभित्रको एउटै शीलालाई हिन्दु र बौद्धमार्गीले आ–आफ्नै ढँगले व्याख्या र पूजा गर्छन । हिन्दु मुल मूर्तिलाई बिष्णुका रुपमा पुज्छन् ।

बिष्णुका दायाँ बायाँका मूर्तिलाई लक्ष्मी र सरस्वती मान्छन् । बौद्धमार्गी पूजारी झुमा मुल मूर्तिलाई लुवाङ ग्याल्बो अर्थात नाग राजा मानेर पूज्छन् । अनि लुवाङको दायाँ बायाँका मूर्तिलाई नागदेवी भनेर धुप धुँवार गर्छन । हिन्दु मान्यता अनुसार मुक्ति प्राप्तिका लागि उहिल्यै ब्रह्माले मुक्तिनाथमा योगरुप यज्ञ गरेका थिए । त्यसबाट उनले सृष्टि गर्न शक्ति पाए ।

यज्ञ गर्दा अग्निरुपमा शिव, जलरुपमा बिष्णु र होताको रुपमा ब्रम्हा बसेका पछि तिनै देवता त्यहीँ बसे । त्यहाँका कुण्डहरुको जलबाट १०८ धारा बनाइएको मानिन्छ । बौद्धमार्गीको भनाई चाहिँ फरक छ । उहिल्यै भारतबाट ८० जना बौद्धमार्गि पण्डित कैलाश पर्वत दर्शन गर्न गएका थिए ।

फर्किँदा उनीहरुले कैलाशको जल लिएर आए। त्यो जल मुक्तिनाथमा सञ्चय गरेछन। त्यसबाटै १०८ धारा बनाइयो। मुक्तिनाथमा प्राचीन नरसिंह गुम्बा छ। गुम्बाभित्र गुरु पद्धमसंभवको मूर्ति छ।

उनी तिब्बत जाँदा केही समय मुक्तिनाथमा ध्यानमा बसेका थिए। त्यहाँ अरु गुम्बा र ज्वालामाई मन्दिर पनि छन् । मन्दिर हातामा ढुँगै ढुँगाको शाक्यमुनि बुद्ध र रानीपौवा बजारमाथि गुरु पद्मसंभवको अजंगको मूर्ति बनाइएको छ ।

यो पनि पढ्नुहोस् :प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर क्षेत्रको जंगलमा भीषण आगलागी ,मन्दिर सुरक्षित तर आगो नियन्त्रण बाहिर !:प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर क्षेत्रको जंगलमा भीषण आगलागी भएको छ । सोमबार रातिसम्म पनि आगो नियन्त्रणमा आउन सकेको छैन । आगोमा परी मन्दिरको मुख्य पूजापाठ गरिने स्थानभन्दा उत्तरतर्फको भिरमा रहेको थान पूरै जलेको छ ।

काठमाडौंबाट आएको सिम्रिक एयरको हेलिकोप्टरले आगो नियन्त्रण गर्ने प्रयास गरे पनि सफल हुन नसकेको प्रमुख जिल्ला अधिकारी झेन्द्रप्रसाद चापागाईंले जानकारी दिए ।

पटकपटक हेलिकोप्टरबाट पानी फालिए पनि आगो नियन्त्रण गर्न नसकिएको पाथीभरा क्षेत्र विकास समितिका निर्देशक मनमणि काफ्ले बताए । मुख्य पूजा गरिने मन्दिर क्षेत्रमा भने आगो पुगिसकेको छैन । तर, वरपरका क्षेत्रमा ठूलो क्षति भएको छ । काफ्लेका अनुसार मन्दिर जोगाउने गरी आगो नियन्त्रणको प्रयास भइरहेको छ ।

पाथीभरा क्षेत्रमा पानीको निकै संकट भएकाले आगो नियन्त्रणमा समस्या देखिएको छ । हेलिकोप्टरले माथिबाट फ्याँक्ने पानी केही तल पोखरीबाट व्यवस्थापन गरिएको छ ।

लुक्लामा रहेको हेलिकोप्टर पाथीभरा ल्याएर सो प्रयास गरिएको हो । मन्दिर जोगाउन मन्दिर परिसरमा टाँगिएका ध्वजापताका, डोरी बटुलेर जलाइएको छ ।

बिहीबारबाट फुङ्लिङ नगरपालिका वडा नं ११ को फावाखोलास्थित सिम्बु सामुदायिक वन क्षेत्रमा लागेको डढेलो नियन्त्रणबाहिर गई मन्दिरनजिकै पुगेको हो । वनमा कसले आगो लगाएको हो भन्ने अहिलेसम्म खुलेको छैन । त्यसबारे अनुसन्धान भइरहेको प्रजिअ चापागाईंले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *