तनहुँको प्रशिद्ध पर्यटकीयस्थल मानुगंडाँमा प्रेमिकासँग रोमान्स गर्दै गर्दा भेटिए गायक सुनिल गिरी

काठमाडौँ । तनहुँका लोकप्रिय लोकपप गायक सुनिल गिरी र पोखराकी सुन्दरी उर्मिला गुरुगं निकै रुचाइएको जोडी हो । यो जोडीको २०७६ सालमा नै आफ्नो गाउँ तनहुँबाट भागेको सोल्टिनी भनी बोलाको बोलको कौरा गीतले खुबै चर्चा बटुलेको थियो । सुनिल र उर्मिलाको सोही जोडी फेरी दिउँला माया तिमीलाई मार्फत दर्शकमाझ आएका छन् ।

फेरी दिउँला मायामा गायक सुनिललाई बहुचर्चित गायिका मेलिना राईले स्वरमा साथ दिएकी छिन् । सुनिलकै शब्द, संगीत रहेको गीतमा कृष्ण विक भान्जाको एरेन्ज रहेको ।

सुनिलको आफ्नै निर्देशनमा उनकै गृहजिल्ला तनहुँमा छायांकन गरिएको भिडियोमा तनहुँमा प्रचलित कौरा भाकालाई रमणीय पर्यटकीय गन्तब्य स्थल मानुगंडाँडा र दमौलीमा छायांकन गरिएको हो । मगर समुदायमा प्रचलित कौरा भाकालाई कलात्मक तरिकाले सुनिलले आफ्नो शैलीमा ढालेका छन् । बिकेक विकको छायांकन र सम्पादन र कलरिंग गरेको भिडियो गायक सुनिलकै आफ्नै च्यानलबाट बजारमा ल्याइएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *