बिहानै कुनै पनि काम गर्नु अगाडि गर्नुहोस् यी काम शुभ हुनेछ !!!

हिन्दु शास्त्रमा जीवन शैलीलाई सकारात्मक तरिकाले चलाउन विभिन्न नियम र मान्यताहरुको बारेमा चर्चा गरिएको छ । यसैक्रममा दिनको सुरुवातलाई लिएर हिन्दु धर्ममा चर्चा गरिएको मान्यताहरुलाई यहाँ प्रस्तुत गरेका छौं ।

दिनको सुरुवातमा यसो गर्नुहोस: स्नान– बिहान नु’हाएर मात्र भान्छामा पस्नुपर्ने शास्त्र बताउँछ । स्वास्थ्यको दृष्टीबाट पनि बिहानको स्नान उपयोगी हुन्छ ।भगवानको दर्शन-जो मानिस बिहान उठी स्ना’न गरि केही बेर भगवानको पुजा आ’राधना गर्छ उसको दिन शुभ बित्नेछ । भगवानको द’र्शनले मनमा शा’न्ती आउँछ र मन शुद्ध हुन्छ ।

शुद्ध मन र स्वस्थ्य शरिरले वि’चार शुद्ध हुन्छ । शुद्ध विचार सफलताको प्र’तिक हो ।तुलसीलाई जल चढाउनु र से’वन गर्नु– भनिन्छ कि बिना स्नान गरि तुलसी नछुनु । आ’युर्वेदमा विशेष महत्व दिइने तुलसीको सेवन स्वास्थ्यको लागि अति उत्तम हुन्छ ।

ठुलाको आशीर्वाद-घरमा निस्कनु अघि ठुलाको आशीर्वाद लिन बिर्सन हुँदैन । जसले मानसम्मान दिन जान्छ उसले मानसम्मान पाउने पनि गर्छ । साथै मनमा राखिने आस्थाले विचार र काममा शु’द्धी ल्याउँछ ।दहि खानु-घरबाट नि’स्कनुअघि वा कुनै शुभ कार्य अघि दहि खानु शुभ मानिन्छ । ठुलो वि’पद वा स’मस्या ट’र्ने विश्वास गरिन्छ । साथै शरिरको लागि पनि फ’लदायी हुन्छ दही ।

यो पनि पढ्नुहोस् :रावणको पुष्पक विमान कुन ऊर्जाले चल्थ्यो ?:भारतवर्षका प्राचीन ग्रन्थहरूमा आजभन्दा लगभग १० हजार वर्षपहिले विमानहरूको चर्चा गरिएको पाइन्छ । रामायणमा रावणको पुष्पक विमान एउटा उदाहरण भयो । सैनिक क्षमता भएका विमानको प्रयोग, विमानहरूको भिडन्त तथा विमान अदृश्य हुने र एउटा विमानले अर्कोलाई लखेट्ने कुराहरू पुराणमा वर्णन गरिएका पाइन्छन् ।

प्राचीन विमान दुई किसिमका थिए स् मानव निर्मित विमान जुन आधुनिक विमान जस्तै पंखको सहायतामा उड्थे अनि आश्चर्यजनक विमान जुन एलियनको यूएफओ जस्ता देखिन्थे । ऋग्वेदमा कम्तीमा पनि २०० चोटि विमानहरूको चर्चा भेटिन्छ । तिनमा तीनतल्ले, त्रिभुज आकारको तथा तीनवटा चक्का भएको विमान अश्विनीकुमार अर्थात् देववैज्ञानिकहरूले बनाएको उल्लेख छ । त्यस्ता विमानमा साधारणतया तीन यात्री चढ्न सक्थे ।

विमान निर्माणका लागि सुन, चाँदी र फलाम प्रयोग गरिन्थे र तिनीहरूको दुवैतिर पंख हुन्थे । वेदमा विमानका आकारप्रकार उल्लेखित छन् । अग्निहोत्र विमानका दुई इन्जिन अनि हस्ती विमानमा दुईभन्दा बढी इन्जिन हुन्थे । विशाल पक्षजस्तो देखिने विमान पनि थिए ।

यजुर्वेदमा पनि अर्को विमान र त्यसको सञ्चालन प्रक्रियाको उल्लेख पाइन्छ । त्यो विमान पनि अश्विनीकुमारले गरेका हुन् । विमानको प्रयोग गरेर उनीहरूले राजा भुज्युलाई समुद्रमा डुब्नबाट बचाएका थिए । सन् १८७५ मा भारतको एक मन्दिरमा विमानिका शास्त्र भेटिएको थियो । यो ग्रन्थ इसापूर्व ४०० मा रचिएको मानिएको छ र यसलाई ऋषि भारद्वाजले रचेको मानिन्छ । यसको अनुवाद अंग्रेजी भाषामा भइसकेको छ ।

यो ग्रन्थमा पूर्ववर्ती ९७ विमानाचार्यहरू तथा २० वटा कृतिको वर्णन पाइन्छ । ती कृतिमा विमानका आकारप्रकारको विस्तृत जानकारी पाइन्छ । यी अमूल्य कृतिहरू नष्ट भइसकेका छन् ।कृतिमा विमान सञ्चालनको बारेमा जानकारी, उडानको समयमा सुरक्षाको जानकारी, तुफान र बिजुलीको आघातबाट विमानको सुरक्षा उपाय, सौर्य ऊर्जाको प्रयोग लगायतका विषयमा त्यसमा अटाएका छन् ।

कथासरित्सागर र कौटिल्यको अर्थशास्त्रमा पनि विमानका विषयमा उल्लेख पाइन्छ । त्यसैले रामायणमा रावणको पुष्पक विमानको चर्चा कोरा कल्पना होइन । रावणले प्राचीन ग्रन्थहरूको अध्ययनबाट विमान बनाउन सिकेको हुनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *