पूजा सकेपछि अनिवार्य पढ्नुहोस् शिव मन्त्र, मिल्नेछ यस्तो पुण्य फल !!!!

भगवान् शिवको एक मन्त्र हामीमध्ये धेरैले सुनेका छौं । कर्पूरगौरं करुणावतारं संसारसारं भुजगेन्द्रहारम्,सदा वसन्तं हृदयारविन्दे भवं भवानीसहितं नमामि ।।यसको अर्थ लाग्छ : कपूरजस्तो सेतो वर्ण भएका, करुणा र दयालुताका अवतार, संसारको सार र सर्पलाई माला बनाउने प्रभु शिव माता पार्वतीका साथ सदैव मेरो हृदयमा निवास गर्नुहोस् र मलाई आशीर्वाद दिनुहोस् ।

यस मन्त्रको महिमा अद्भुत छ । कुनै पनि मन्त्रको जप देवताविशेषलाई प्रसन्न गराउनका लागि हुन्छ । शिवको यस मन्त्रको जप पनि यही प्रयोजनका लागि गरिन्छ । जहाँ भएपनि भगवानको यो मन्त्र जप्दा मनमा शीतलता उत्पन्न हुन्छ ।

हुन त महादेव भोलानाथलाई प्रसन्न गराउन ठूलाठूला कर्मकाण्ड गरिरहनुपर्दैन । एक लोटा शीतल जल, बेलपत्र र मन्त्रजापबाट नै शिवजी प्रसन्न भइहाल्नु हुन्छ ।यो श्लोक पहिलोचोटि भगवान् विष्णुले शिवपार्वतीको विवाहमा उच्चारण गर्नुभएको थियो ।

यसमा भगवान् शिवको महान् दिव्य स्वरूपको चर्चा गरिएको छ । यसलाई जपेपछि पूजा सफल हुन्छ र भक्तले मनोवाञ्छित फल पाउँछ ।शिवको स्तुति गर्दा मन शान्तभावमा हुनुपर्छ । भगवान् कुनै पनि आडम्बर रुचाउनुहुन्न । शान्तभावले जुन समयमा पनि भोलेनाथको स्मरण गर्न सकिन्छ । सरल भगवान् शिवलाई देवता र असुर दुवैले उत्तिकै श्रद्धाका साथ पूजा गर्छन् ।

यो पनि पढ्नुहोस् :यी सपना जसले तपाईंलाई धन प्राप्तीको सकेत दिन्छ !!!:हरेक व्यक्तिले सुतेको समयमा सपना देख्नु एक सामान्य कुरा हो। हरेक दिन हामीले देखेको सपनाले हाम्रो जीवनमा ठूलो प्रभाव पार्ने गर्छ। प्राय मान्छेहरुले निन्द्राबाट बिउझिंदा आफूले देखेका सपनाहरु बिर्सिने गर्छन।

त्यसैले उनीहरुलाई सपनामा देखेका कुराहरुले जीवनमा पारेको असरबारे थाहा हुँदैन।तिष शास्त्रका अनुसार हरेक सपनको केही अर्थ रहने गर्छ र यसले कुनैपनि व्यक्तिको भविष्यको संकेत गर्ने गर्छ। १ ,सपनामा औंठी लगाएको देख्नु भो भने धन प्राप्त हुन्छ ।२. सपनामा घर बनाएको देख्दा पनि धन हात लाग्छ ।

३. कमलको फूल देखेमा पनि धन प्राप्तीको संकेत मानिन्छ ।४. तरभुजा देख्नु भो भने बुझ्नुस् धनलाभ हुँदैछ ।५. सपनामा लाश देख्नु पनि शुभ मानिन्छ । सपनामा लाश देख्दा पैसा प्राप्त हुने विश्वास गरिन्छ ।६. सपनामा गरिवी विपन्नता देखिनु शुभ हो । यसले विपनामा समृद्धी दिलाउँछ ।

७. सपनामा सुगाको तोता देख्नु निक्कै शुभ मानिन्छ । यसले धनप्राप्तिको संकेत गर्छ ।८. सपनामा गाइ वा भैसीको थुन छोएको देखे निक्कै राम्रो मानिन्छ ।९. सपनामा तराजु देखियो भने विपनामा धन मिल्छ ।१०. तास खेलेको सपना देख्दा ब्यापार वृद्धी हुने र धन बढ्ने संकेत मिल्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *