अनुहारका अनावश्यक रौं हटाउने घरेलु उपाय

एजेन्सी । आफ्नो अनुहार स्वस्थ र आकर्षक होस् भन्ने विषयमा महिलाहरू बढी सचेत हुन्छन् । अनुहारलाई आकर्षक र चम्किलो बनाइराख्न उनीहरू धेरै घरेलु तथा आधुनिक तरिका पनि अपनाउने गर्छन् ।

सुन्दरताको मुल्यांकन पनि अनुहारबाट नै गरिन्छ । सबैभन्दा पहिले सवैको आँखा पर्ने ठाउँ पनि अनुहार नै हो । त्यसैले अनुहार सफा, सुन्दर र चम्किलो बनाउन जो कोही तल्लिन रहन्छन् ।

कसैको अनुहारमा अनाबश्यक रौं तथा झुसले सुन्दरतालाई कुरुप बनाइदिएको हुन्छ । यस्ता अनावश्यक रौं एकै दिनमा ह’टाएर चम्किलो र सफा अनुहार बनाउने घरेलु विधिको विषयमा यहाँ जानकारी दिइएको छ । अनुहार, पाखुरा, खुट्टा वा गुप्ताङ्गमा नचाहिने वा धेरै रौं आएर हैरान हुनु हुन्छ ? हेर्नुहोस् यसलाई संधैका लागि हटाउने घरेलु उपाय । विशेषगरी महिलाहरुको अनुहार, खुट्टा या अन्य भागमा नचाहिने कपाल या रौं आएर हैरान भइरहेका हुन्छ ।

एक चम्चा काँचो दूधमा थोरै बेसन, एक चिम्टी बेसार र उमालेको दूधको तर मिसाएर मिश्रण बनाउने ।
जौको पिठोमा कागतीको रस र मह बराबर मात्रामा मिसाउने
सबैलाई एकैठाउँ राम्रोसँग घोलेर पेस्ट तयार पार्ने
यसरी तयार भएको स्क्रबलाई अनावश्क रौँ भएको ठाउँ (जस्तो कि ओठमाथिको भाग)मा रब । रौँ आएको दिशाको उल्टोपट्टिबाट रब गर्ने ।
एकछिन रब गरेपछि रौँ आएको ठाउँमा बढी पर्नेगरी पेस्टलाई अनुहारभरि लगाउँदा पूरै अनुहारमा चमक आउँछ ।
१५ मिनेटपछि मनतातो पानीले मुख धुने ।
मुख धोएपछि पुछपाछ पारेर फेस क्रिम अथवा म्वाइस्चराइजर लगाउने ।
सातामा दुई अथवा तीनपटक यसरी स्क्रब गर्नुभयो भने महिना दिनभित्रमा अनुहारको अनावश्यक रौँ हटेको महसुस गर्न सक्नुहुन्छ ।
आफ्नो अनुहारलाई चम्किलो बनाउन कागती र महको घोल धेरैले प्रयोग गर्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *