बाइक चलाउदै दुवै हात छोडेर बासुरी बजाउँदै हुइकिन्छन् यि युवा, देख्नेहरु छक्क

काठमाडौ । तपाईलाई बाइक चलाउन आउछ ? वा तपाईको परिबारमा कुनै ! जनालाई त अबश्य बाइक चलाउन आउछ होला नी ? हैन र ? हो आज हामी यसैबारे अचम्मको कुरा गर्दैछौ । कुरा हो नुवाकोटका यि युवाको जो संगीत सिकाउदै आफूलाई यस क्षेत्रमा स्थापित गर्न पनि चाहन्छन ।

यिनको कला थाहा पाउदा जो कोही पनि अचम्म पर्छन । यिनको नाम हो रुपक बासुरी, बासुरी बजाएरै आफनो छुट्टै अस्तित्व या भनौ पहिचान बनाएका कारणले यिनले आफनो थर पनि बासुरी राखेका छन ।

यिनको अचम्मको कला के छ भने यिनी बाईक चलाउदै संसारमै कसैले नगरेको काम बासुरी बजाएर गिनिज बुकमा नाम लेखाउने तयारीमा पनि छन । त्यसैले अहिले हामीलाई पनि डेमो देखाएर चकित पारेका छन । तपाईले यो भिडियोमा पुरा हेर्न पनि सक्नुहुन्छ कि यिनी के सम्म गर्न सक्छन भनेर ।

आफूलाई धेरैले चिनोस भन्ने चाहने रुपक एकाएक चर्चामा आउन पाए झन खुशी हुने पनि बताउछन । मन थामेर यसरी बाइकमै दुबै हात छोडेर के सम्म गर्न सक्छन त

Leave a Reply

Your email address will not be published. Required fields are marked *