बर्षौं बर्ष देखि आकाशमा , जहाज उडाउदै आइरहेकी नेपाली चेली

हिमालयन ह्वाइट हाउस कलेजबाट विज्ञान विषय लिएर अध्ययन गरिन्। त्यसपछि के गर्ने अन्योलमा परिन् उनी। उनलाई वातावरण विज्ञान पढ्ने मन थियो। तर उनका बाबाको चाहनाचाहिँ छोरी पाइलट बनिदिए हुन्थ्यो भन्ने थियो। पाइलट पेसाबारे जान्न उनले आङ्गेलु शेर्पासँग सल्लाह सुझाब मागिन् ।जो बुद्ध एयरमा पाइलटका रुपमा कार्यरत थिए। शेर्पाले पेमालाई पाइलट पेशासम्बन्धी पुस्तक ‘फ्रम द ग्राउण्डअप’ पढ्न सुझाब दिए। सो पुस्तक पढ्न सुझाव दिने तिनै आङ्गेलुसँग उनको ‘इन्गेज्मेन्ट’ भइसकेको छ। आङ्गेलुले सुझाव दिएकै किताब पढिन्, पढेपछि पेमा आफैंलाई पनि पाइलट बनौं बनौं जस्तै लाग्यो। भिडियो हेर्न यहाँ तल click गर्नुहोस

सैद्धान्तिक तालिम लिँदासम्म उनलाई पाइलट हुँदाको अनुभव कस्तो हुन्छ, थाहा थिएन। उनको सैद्धान्तिक तालिम सकियो, प्रयोगात्मक पढाई सुरु भयो। त्यसपछि बल्ल उनले उडान तालिमको मज्जा लिन पाइन्। त्यो क्षण सम्झँदै उनले भनिन्, ‘फिलिपिन्समा तालिम लिँदाको १५ महिनामा कहिले तालिम सकिएला नेपालमा फर्केर उडान गर्न पाइएला जस्तो लाग्थ्यो।

Leave a Reply

Your email address will not be published.