हार्दिक बधाई यो महान कामको लागि 👏👏❤️❤️ रमेश प्रसाईको दम्पतीलाई सम्मान सहित एक अनाथालयलाई यति ठूलो सहयोग गरे दिपक र दिपाले (भिडियो सहित)

कलाकारद्वय दीपकराज गिरी र दीपाश्री निरौलाले एक अनाथालयको एक वर्षको घरभाडा तिरिदिएर परोपकारी कार्य गरेका छन् । आफ्नो पूर्ववर्ती वाचाअनुसार शनिबार उनीहरुले अनाथालयको एक वर्षको घरभाडा हस्तान्तरण गरेका हुन् ।

काटमाडौंको कपनस्थित बालुवाखानीमा रहेको  ‘अर्न्तदृष्टि नेपाल’को एक वर्षको घरभाडा बापत एक लाख ८० हजार रुपैयाँ हस्तान्तरण गरेका हुन् ।

छक्का पञ्जा टीमका तर्फबाट दीपाश्रीले ‘अर्न्तदृष्टि नेपाल’की सञ्चालिका नन्दा सिंहलाई एक वर्षको घरभाडा बापतको रकम एक लाख ८० हजार रुपैयाँ शनिबार हस्तान्तरण गरेकी हुन् । सो क्रममा कलाकार दीपकराज र केदार घिमिरे ‘माग्नेबुढा’ उपस्थिति थियो ।

गएको दशैंको पूर्वसन्ध्यामा सो अनाथालयमा रहेका १३ बालबालिकासहितलाई कपडा र खानेकुरा बोकेर जब अनाथालय पुगे, तब त्यहाँ रहेका बालबालिकाहरुको मुहारमा खुसी छायो । क्यानडा नेपालबाट साभार

Leave a Reply

Your email address will not be published.