अमेरिकामा एकै दिन ६ लाख ६२ हजार ८२५ कोरोना संक्रमित थपिए

काठमाडौं । अमेरिकामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ लाख २० हजार १८० पुगेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा अमेरिकामा ३ हजार १४८ संक्रमितको मृत्यु भएको छ ।

अमेरिकामा कोरोना संक्रमितको संख्या १ करोड ८० लाख ९० हजार २६० पुगेको छ । पछिल्लो २४ घण्टामा अमेरिकामा १ लाख ९५ हजार १५१ संक्रमित थपिएका छन् ।

यसैबीच, पछिल्लो २४ घण्टामा विश्वमा १३ हजार ६१ कोरोना संक्रमितको मृत्यु भएको छ । विश्वमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १७ लाख २४ हजार ९०४ पुगेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ६ लाख ६२ हजार ८२५ कोरोना संक्रमित थपिएका छन् । विश्वमा कुल कोरोना संक्रमितको संख्या ७ केरोड ७५ लाख ३० हजार ७९९ पुगेको तथ्यांक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *